×

NMB BANK
NIC ASIA

अमेरिकी सेना इराकबाट हट्नुपर्ने भन्दै बग्दादमा प्रदर्शन

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इराकका प्रभावशाली शिया धर्मगुरु मोक्तदा अल–सद्रका सयौं समर्थकहरूले राजधानी बग्दादमा शुक्रवार भेला भएर देशबाट अमेरिकी सैनिकहरूलाई हट्न माग गरेका छन् । अमेरिकाको ड्रोन आक्रमणमा इरानी कमान्डर कासिम सुलेमानीको हत्या भएपछि यो माग उठेको हो । 

Sagarmatha Cement
Muktinath Bank

शुक्रवारको जुम्मा प्रार्थनापछि लाउडस्पीकरहरूले घन्काए, ‘अमेरिका हुन्न हुन्न ।’ एक बालकले यस्तो लेखिएको पोस्टर उठाए, ‘अमेरिका मूर्दाबाद । इजरायल मूर्दाबाद ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इराकको केन्द्रीय सरकारी कार्यालय तथा अनेकौं विदेशी दूतावासहरू रहेको ग्रीन जोन जाने सडक र पुलहरूलाई कंक्रिट ब्यारियर ठड्याएर रोकिएको छ । इराकका सुरक्षाबलहरूले ग्रीन जोन जाने ढोकाहरू रोकिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

विरोधकर्ताहरू बग्दाद र देशका दक्षिणी प्रान्तहरूबाट आएका हुन् र उनीहरू जदरिया टोलसम्म पैदलै पुगेर भेला भएका थिए । उनीहरूले इराकी झण्डा फर्फराएका थिए र प्रतीकात्मक कात्रो ओढेका थिए । 

Vianet communication
Laxmi Bank

शिया धर्मगुरु मोक्तदा अल–सद्रको पार्टीले सन् २०१८ मा भएको आमनिर्वाचनमा सबभन्दा बढी सीट जितेको थियो । सुलेमानीको मृत्युपछि उनले अमेरिकी सैनिकहरू इराकबाट हट्नुपर्ने माग राख्दै १० लाख मानिसले प्रदर्शन गर्न आह्वान गरेका थिए । 

शुक्रवारको प्रदर्शनलाई मूलधारका शिया पार्टीहरूले समर्थन गरेका छन् । अल–सद्रका राजनीतिक प्रतिद्वन्द्वी हादी अल–अमेरीको फतह अनि मिलिसियाहरूको छाता संगठन पपुलर मोबिलाइजेसन युनिट्स र इरानसमर्थित समूहहरूले प्रदर्शन गरेका छन् । 

अमेरिकी आक्रमणविरुद्ध इराकको संसद्ले एक गैरबाध्यकारी प्रस्ताव पारित गर्दै सरकारलाई देशबाट विदेशी सेना निष्काशन गर्न आह्वान गरेको छ । तर कुर्दिश र अधिकांश सुन्नी सांसदहरूले मतदान बहिष्कार गरेका थिए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x