×

NMB BANK
NIC ASIA

कोरोना भाइरस संक्रमितको उपचारका लागि रातारात अस्पताल बनाउँदै चीन

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले नयाँ कोरोना भाइरस प्रभावितको उपचारका लागि तीव्र गतिमा छुट्टै अस्पताल बनाइरहेको छ । भाइरस उत्पत्ति भएको वुहानमा एक हजार शय्याको अस्पताल भवन निर्माण भइरहेको हो । आउँदो सोमबारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अत्याधुनिक मेसिनहरूको प्रयोग गरिएको चिनियाँ पक्षले जनाएको छ ।

Muktinath Bank

अस्पताल सहरबाट अलि पर रहेको ग्रामीण क्षेत्रस्थित ‘होलिडे कम्प्लेक्स’ मा निर्माण भइरहेको स्थानीय ‘चाङझियाङ दैनिक पत्रिका’ ले शुक्रबार लेखेको छ । अस्पताल पूरै प्रिफ्याबरिकेटेड भवनहुने उसले जनाएको छ । २५ हजार वर्गमिटरमा भवन निर्माण हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३५ डिगर र १० बुलडोजरसहित भवन निर्माण गर्ने अन्य सयौं मेसिन बिहीबार राति नै अस्पताल निर्माणस्थलमा पुगेको सो पत्रिकाले लेखेको छ । ‘विद्यमान मेडिकल स्रोतको अभावबाट आउन सक्ने समस्या समाधानका लागि यो अस्पताल निर्माण गर्न लागिएको हो,’ चाङझियाङले लेखेको छ, ‘प्रिफ्याबरिकेटेड भवन हुने हुँदा यो चाँडो निर्माण मात्रै हुँदैन खर्च पनि कम लाग्छ ।’


Advertisment
Nabil box
Kumari

निर्माणस्थलमा आफ्ना सयभन्दा बढी कामदार खटिरहेको अस्पताल निर्माण गरिरहेकामध्येको एक कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले शुक्रबार बताएको छ । आफूले सक्दो गरिरहेको र सरकारले तोकेको मितिभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उसले जनाएको छ।

Vianet communication
Laxmi Bank

भवन निर्माणका लागि आधार बनाउन हिलाम्मे माटोमा विभिन्न रंग लगाएका दर्जनौं डिगर र निर्माण सामग्री व्यवस्थापनमा कैयौं ट्रकले हतारमा काम गरिरहेको दृश्य राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको छ ।

चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८ सय मानिस मरेका थिए । नयाँ अस्पतालले सार्स प्रकोपसँग लड्दाको अनुभवलाई प्रयोग गर्ने उद्देश्य लिएको छ । त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो । स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएकामध्ये १५ प्रतिशतको उपचार गरेको थियो ।

शनिबार बिहानसम्म नयाँ भाइरसका कारण ४१ जनाको मृत्यु भएको र एक हजार २ सयबढी संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । अधिकांश संक्रमित चीनको हुबेई प्रान्तस्थित वुहान सहरकै भएको सरकारी अधिकारीहरूले बताएका छन् । यसैबीच, पहिलोपटक हुबेई प्रान्तबाहिर पनि दुईजनाको मृत्यु भएको जनाइएको छ ।

नयाँ भाइरसबाट बच्न चीनले यसअघि मानिसको आवतजावात बढी हुने केही सहरमा यातायात, सपिङ मल, मनोरञ्जन स्थललगायत ठाउँलाई बन्द गर्न आदेश दिएको थियो । बन्दको दोस्रो दिन शुक्रबार वुहानका अधिकांश सार्वजनिकस्थलमा मानिसको उपस्थिति अत्यन्तै न्यून रहेको छ । सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । घरमै बस्नुपर्दा अत्यावश्यक सामग्री चाहिने भन्दै ती सहरका मानिसले धेरै उपभोग्य सामान किनेपछि पसल र मलका र्‍याकहरू खाली भएको तस्बिर पनि सार्वजनिक भएका छन् । विमानस्थल, रेल स्टेसन र सबवे सबै बन्द गरिएका छन् भने प्रहरीले सहर भित्रने सवारीसाधानलाई जाँच गरिरहेका छन् । यद्यपि सडक सञ्जाल भने पूर्ण रूपमा बन्द गरिएका छैनन् । विद्यालयमा पनि विद्यार्थीको भेला नगर्न र बिदा दिन भनिएको छ ।

यसैबीच, भाइरसको उद्गमस्थल वुहानका अस्पतालमा बिरामीको घुइँचो लागेका कारण त्यहाँ औषधिको अभाव भएको छ । क्षमताभन्दा धेरै बिरामी रहेको भन्दै अस्पतालले फर्काएको केहीले सामाजिक सञ्जालमा लेखेका छन् । चीन सरकारले कति दिनसम्म सहर बन्द हुनेछ भन्नेबारे भने केही बताएको छैन । उता, एक महिनाकै अवधिमा विश्वका लगभगदर्जन देशमा संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले पनि आपत्काल घोषणा गरेको छ । यद्यपि यसलाई अन्तर्राष्ट्रिय तहको महामारी नै भने उसले भनिहालेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x