×

NMB BANK
NIC ASIA

डेढ करोड नेपालीले प्रयोग गर्छन् मोबाइल इन्टरनेट

माघ ११, २०७६

NTC
Sarbottam
तस्वीर सोजन्य: नयाँ पत्रिका
Premier Steels
Marvel

मुलुकमा मोबाइल प्रयोग गर्नेको संख्या बढेसँगै इन्टरनेट चलाउनेको संख्या पनि बढ्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ६३ लाख ४७ हजार ३ सय ५९ छ ।  

Sagarmatha Cement
Muktinath Bank

नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । यस्ता कम्पनीले फिक्स ब्रोडब्यान्ड (वायर), फिक्स ब्रोडब्यान्ड (वायरलेस) र मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्दै आएका छन् । इन्टरनेटका लागि फिक्स ब्रोडब्यान्ड (वायरलेस) प्रयोगकर्ताको हिस्सा भने शून्य दशमलव ८० प्रतिशत छ । फिक्स ब्रोडब्यान्ड (वायर) को प्रयोगकर्ताको हिस्सा १५ दशमलव ३३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । मोबाइलको पहुँच बढ्दै गएपछि फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या घट्दै गएको नेपाल टेलिकम प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५० हजारले चलाउँछन् फोरजी
प्राधिकरणका अनुसार ४७ लाख ९१ हजार ८ सय ९६ ले इन्टरनेटको आधुनिक फोरजी सुविधा प्रयोग गरेका छन् । तर, धेरैजसोले भने थ्रिजी चलाउने गरेको तथ्यांकले देखाएको छ । चालू आवको पहिलो चार महिनाको अवधिमा १ करोड १४ लाख १८ हजार मोबाइल प्रयोगकर्ताले थ्रिजी चलाएका छन् । त्यस्तै, १ लाख ३६ हजार ५ सय ७३ मोबाइल प्रयोगकर्ताले इभिडियो चलाएको तथ्यांकमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

अधिकांश मोबाइल प्रयोगकर्ताले नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् । तथ्यांकअनुसार ८२ लाख ७ हजार ३ सय ३८ जनाले मोबाइलमा टेलिकमको थ्रिजी चलाउँछन् । त्यस्तै, ३२ लाख ११ हजार ५ सय ५२ ले थ्रिजीका लागि एनसेलको सेवा प्रयोग गर्छन् । त्यस्तै, फोरजीका लागि एनसेलको प्रयोग गर्नेको संख्या अधिक छ । ८ लाख ३९ हजार ५ सय ८० जनाले फोरजीका लागि नेपाल दूरसञ्चारको प्रयोग गर्छन् भने ३७ लाख १३ हजार ४ सय ३१ ले एनसेलको प्रयोग गर्छन् ।
 
एक वर्षमा ६ प्रतिशतले बढे टेलिफोन ग्राहक
चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा टेलिफोनको सेवाग्राही ४ करोड २५ लाख पुगेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढेको हो । प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमका ग्राहक २ करोड ३६ लाख ५७ हजार १ सय ३५ पुगेका छन् । 

Vianet communication
Laxmi Bank

यो संख्या गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशत हो । एनसेलका ग्राहक भने १ करोड ६८ लाख २१ हजार २ सय ४१ पुगेका छन् । यो संख्या गत आवको तुलनामा २ प्रतिशतले बढी हो । त्यस्तै, स्मार्ट टेलिकमका ग्राहक भने २० लाख ७५ हजार ७ सय १ पुगेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा करिब ९ प्रतिशत हो भने अन्य सेवा टेलिफोनका ग्राहक ६६ प्रतिशतले बढेर २ हजार ९ सय २ पुगेका छन् । प्राधिकरणका अनुसार ४ करोड १७ लाख ५८ हजार सिममध्ये ४ करोड ८५ हजार ८ सय १६ जिएसएम र १६ लाख ७२ हजार ३ सय ८२ सिडिएमए रहेका छन् ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x