×

NMB BANK
NIC ASIA

बङ्गलादेशमा अपाङ्गतासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शुरू

माघ ११, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य : नारायण ढुंगानाको फेसबूकबाट
Premier Steels
Marvel

अपाङ्गता र उनीहरुको क्षमता विकासका लागि विश्वमा भइरहेको अभ्यास तथा चुनौतीका विषयमा छलफल गर्न ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशको राजशाहीमा शुरूभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

अपाङ्गताको क्षेत्रमा भएका गतिविधिका बारेमा आफ्ना अनुभव साटासाट गर्न नेपाललगायत विभिन्न देशका मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ता उक्त सम्मेलनमा सहभागी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनमा नेपाललगायत मलेसिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका ५०० भन्दा बढी प्रतिनिधि छन् । 


Advertisment
Nabil box
Kumari

अपाङ्गता भएकाको मानसिक स्वास्थ्यको अवस्था के छ, उनीहरुको अबस्थामा कसरी सुधार गर्न सकिन्छ, त्यस विषयमा एकअर्का देशको अबस्था के छ र कसरी काम भइरहेको छ भन्ने विषयमा अनुभव साटासाट तथा आएका चुनौतीलाई सामनाका लागि उपायको खोजीमा सम्मेलन केन्द्रित छ । 

Vianet communication
Laxmi Bank

आयोजक सामाजिक वैयक्तिक विकासका लागि सहकार्य सिभ्यूस इन्टरनेशनलका अन्तरराष्ट्रिय अध्यक्ष डा काट्सुहिरो यामासिताले अपाङ्गता भएका व्यक्ति, उनीहरुको अभिभावक र संरक्षणकर्ताको सार्थक जीवनका लागि महत्वपूर्ण योगदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए। विकासात्मक अपाङ्गतासँग सम्बन्धित निदानात्मक पक्षलाई भेलाले उपयुक्त तरिकाले सम्बोधन गर्ने अपेक्षा रहेको उनलेबताए।

अपाङ्गताको क्षेत्रमा काम गर्ने सिभ्युस इन्टरनेशनल सन् १९७४ मा स्थापना भएको संस्था हो । संस्थाले अपाङ्गता भएकाको मानसिक स्वास्थ्य र उनीहरुको व्यवस्थापन र क्षमता विकासमा सहकार्यात्मक क्रियाकलापलाई जोड दिँदै आएको छ । 

यसले सन् १९९३ मा नर्वेमा पहिलो सम्मेलन गरेको थियो । सन् १९९७ मा जापान, २००२ र २०१८ मा भारतको कोलकातामा सन् २००९ र २००६ मा बङ्गलादेशको राजधानी ढाकामा कार्यक्रम भएको थियो । विश्वव्यापी रुपमा अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्यसँगै उनीहरूको गुणस्तरीय जीवन निर्माण गरी मानवअधिकार संरक्षणको विषयमा संस्थाले काम गर्दै आएको छ । 

सिभ्युस इन्टरनेशनलका उपाध्यक्ष प्राध्यापक डा एन्टोनियो पिन्टो मोटेरियो अपाङ्गता भएका व्यक्तिको बहुपक्षीय विषयलाई समेटेकाले सिभ्युसले अबलम्वन गरेको कार्य पद्धति वर्तमान समयमा हरेक देशका लागि उपयोगी रहेको बताउँछन्। 

बङ्गलादेशको राजशाही विश्वविद्यालयको मनोविज्ञान विभागअन्तर्गत स्थापित मानसिक स्वास्थ्य केन्द्रका निर्देशक एवं सिभ्युस इन्टरनेशनलका महासचिव प्राध्यापक डा अनवरुल हसल सुफीले संस्थाले अपनाएको पद्दति दक्षिण एशियामा अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि महत्वपूर्ण हुने जिकिर गरे। 

राजशाही विश्वविद्यालयका प्राध्यापक डा चौधरी एम जाकिरा, सिभ्युस इन्टरनेशनल बङ्गलादेशका उपाध्यक्ष प्राध्यापक डा सुल्ताना नाजिनले समयमै सहयोग गर्न सकियो शारीरिक तथा बौद्धिक अपाङ्गताको अवस्था बिग्रनबाट बचाएर सहज जीवनयापनमा सहयोग मिल्ने उल्लेख गरे। त्रिपुरा विश्वविद्यालय भारतको मनोविज्ञान विभागका उपप्राध्यापक डा अञ्जना भट्टाचार्यले विद्यालयको पाठ्यक्रममा नै सहकार्यात्मक विधिलाई समावेश गर्नुपर्नेमा जोड दिए। 

शुक्रबारदेखि शुरूदुई दिने सम्मेलनमा छ वटा मुख्य विषयमा विभिन्न विज्ञ तथा प्राध्यापकले ६० कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसमध्ये नेपालबाट चार कार्यपत्र प्रस्तुत हुँदैछ । सम्मेलनले अपाङ्गतासम्बन्धी राजशाही घोषणापत्र जारी गर्नेछ । 

सम्मेलनमा ‘ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या’ (डिमेन्सिया), ‘आत्महत्या रोकथाम’, ‘मनोविज्ञानको ऐतिहासिक विकासक्रम र बङ्गलादेशको वर्तमान अवस्था’, ‘अटिजम्को समस्या भएका बालबालिकाको हेरचाह गर्दा हुने तनाव व्यवस्थापन’, ‘डाइलेक्टिक विहेवियर थेरापी’ र ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि व्यवसायिक सीप र सामाजिक सहभागिता’सम्बन्धी मुख्य विषयमा छलफल भइरहेको छ ।

शुक्रबार पहिलो दिनको दोस्रो सत्रमा चाइनिज मनोवैज्ञानिक सङ्घका अध्यक्ष प्राध्यापक डा बुक्सिन हानले ‘ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या’(डिमेन्सिया) र जापानी स्वास्थ्य मनोविद् प्राध्यापक डा अकिरा टुस्दाले ‘आत्महत्या रोकथाम’ सम्बन्धी कार्यपत्रप्रस्तुत गरेका थिए । 

सम्मेलनले अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्य प्रवद्र्धनमा भएका उत्कृष्ट अभ्यासको बारेमा कार्यपत्र प्रस्तुत भइरहेकाले त्यसबाट शिक्षा ग्रहण गरी उत्पन्न समस्या न्यूनीकरणमा टेवा पुग्ने आशा गरिएको छ ।

नेपालको चार कार्यपत्र 

सम्मेलनमा नेपालबाट चार कार्यपत्र प्रस्तुत हुँदैछ । प्राध्यापक डा उषाकिरण सुब्बाले शुक्रबार नै ‘नेपालमा ज्येष्ठ नागरिकमा देखिएको उदासिनताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने आज द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले ‘दक्षिण एशियामा अपाङ्गता र आत्महत्या रोकथामको अभ्यास’को विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 

यस्तै त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेमराज भट्टले ‘निजी विद्यालयका विद्यार्थीमा परीक्षासम्बन्धी चिन्ता र शैक्षिक उपलब्धि’, र द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले, ‘दक्षिण एशियामा अपाङ्गता र सांस्कृतिक लचकताको अवस्था’को विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।  

उक्त सम्मेलनमा नेपालबाट डा ठगुन्नाको संयोजकत्वमा मनोविमर्शकर्ता एवं शिक्षक नेत्रबन्धु पोखरेल, सिर्जना श्रेष्ठ, गोपीलाल श्रेष्ठ, लुना रिजाल, विमला बडु र आशा लामाको सहभागिता छ । डा ठगुन्नाले विश्वभरिका अपाङ्गता भएका व्यक्तिमा देखिएको मानसिक स्वास्थ्य समस्याजस्तै दक्षिण एशियामा पनि सामान्य मानिसभन्दा अपाङ्गता भएका व्यक्तिमा मानसिक समस्या बढी रहेको उल्लेख गर्दै आत्महत्याको जोखिम पनि उत्तिकै रहेको बताए। 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत (हरेक सातमा एक जना) अपाङ्गता भएका व्यक्ति छन् । नेपालमा कूल जनसङ्ख्यामा १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । नारायण ढुङ्गाना,रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x