उपराष्ट्रपतिले दिए ल्होछार पर्वको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका मौलिक कला संस्कृतिले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

तामाङ समुदायको महान् सांस्कृतिक चाड ‘सोनाम ल्होछार–२८५६’ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन साथै आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकता प्रवद्र्धन गर्न सहयोग पुर्‍याउने बताए ।


Advertisement

काठमाडौं उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको भन्दै उनले तामाङ सेलो गीत, टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको बताए ।

मौलिक कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका कला संस्कृतिकको संरक्षणमा सबैको ध्यान जाने विश्वास व्यक्त गरे । सुगुर वर्ग (वर्ष)को बिदाइ र मुसा वर्ग (वर्ष)को स्वागत गरेर शनिवार ल्होछार पर्व मनाइँदैछ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्