×

NMB BANK
NIC ASIA

बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलको घोषणा : प्रदेश राजधानी दाङ हुनुपर्छ भन्ने विचार छाडें !

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रेस संगठन नेपालको प्रथम प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडे । पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउँछु भनेर चुनाव लड्नुभो । अब मेरो पनि कुनै निजी विचार छैन । महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लबिङ नगर्नुहोस्/नबोल्नुहोस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सहमतिकै आधारमा प्रदेशको राजधानी र नामाकरण टुंगो लगाउँछौं । पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउँदै आवश्यक छ,’ उनले भने, ‘राजधानीको विषयले जोड्ने हो । विभाजित गर्ने नभएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुंगो लाग्ने बताइन्छ ।’


Advertisment
Nabil box
Kumari

कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षा विना समाचार लेख्न नहुने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । प्रेस संगठनमा आवद्ध पत्रकारहरू वर्तमान र भविष्यलाई जोड दिएर अगाडि बढन आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले औंल्याए । 

Vianet communication
Laxmi Bank

केन्द्रका ‘विग मिडिया हाउस’को एजेण्डलाई मोफसलका पत्रकारले बोक्नुपर्ने अवस्थाले गर्दा सरकारले गरेको राम्रा कामको पनि चर्चा हुन नसकेको उनले बताए । ‘केन्द्रको टेबलमा बसेर समाचार खोज्न लगाउने । अनि तपाईंले लेख्ने, भन्ने बेलामा स्वतन्त्र भनेपनि नचाहिँदो ढंगबाट गोटी बनिरहनुभएको छ,’ उनले भने । 

पोखरेलले राज्य विरूद्धका मनोविज्ञान परिवर्तन गर्न जरूरी रहेको बताए । ‘हामीले लामो समय देशलाई विद्रोही भनेर गुजार्‍यौं । अव विद्रोहको आवश्यकता छैन । अहिलेको राज्य जनताले निर्माण गरेको हो । अब जनता विद्रोही बन्न मिल्दैन,’ उनले भने, ‘परम्परागत र प्रतिक्रियावादी अहिलको व्यवस्था छैन । अब राज्य पक्षधार स्थापित गर्न जरुरी छ ।’ 

राज्यविरुद्ध हिँडेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतत्वको नेकपाको आन्दोलन सही नभएको मुख्यमन्त्रीको थियो । ‘हिजो गरिएको विद्रोह र आज गरिने विद्रोहको परिस्थिति फरक छ । हिजो राजसंस्था थियो । सामन्तवाद थियो । विद्रोह आवश्यक थियो । आज जनताको राज्यव्यवस्था र गणतन्त्रमा विद्रोह आवश्यक छैन,’ उनले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारले प्रेसलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारे । उनले भने, ‘राज्यले प्रेसलाई नियन्त्रण गर्न खोजेको होइन । व्यवस्थित बनाउन चाहन्छ । सरकारले प्रेसलाई नियन्त्रण गर्न खोज्यो भन्ने दुस्प्रचार भएको छ । यसलाई चिर्न जुरुरी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x