×

NMB BANK
NIC ASIA

माइतीघर मण्डलामा पश्चिम सेतीको आवाज : धैर्य गर्ने कति हो ?

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा निर्माण हुने भनेर वर्षाैदेखि चर्चामा रहेर अलपत्र परेको पश्चिम सेती जलविद्युत् आयोजनाबारे स्थानीय युवाले राजधानी काठमाडौंको माइतीघर मण्डलामा आवाज उठाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले विभिन्न विदेशी कम्पनीसँग निर्माण प्रक्रिया अगाडि बढाउन सम्झौता गरेपनि कार्यान्वयन नहुँदा स्थानीय वासिन्दाले समस्या भोग्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बोलन्था थली’ धनगढीको आयोजनामा माइतीघरमा भएको ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’ आन्दोलनमा आयोजनालाई तत्काल अगाडि बढाउन माग गरिएको छ । पश्चिम सेती आयोजना निर्माण हुने भन्दै सरकारले स्थानीय क्षेत्रमा विकास निर्माणका काम रोकेको र आयोजना समेत अगाडि नबढेकाले सर्वसाधारणमा अन्योल देखिएको आन्दोलनका संयोजक यादव जोशीले बताए ।


Advertisment
Nabil box
Kumari

आन्दोलनमा सुदूरपश्चिम घर भई काठमाडौंमा रहेका युवाको सहभागिता रहेको थियो । कार्यक्रममा पश्चिम सेतीको आवश्यकता र सरकारले गर्नुपर्ने सुनुवाइबारे संयोजक जोशी र युवा अभियन्ता हेमराज थापाले बोलेका थिए ।

Vianet communication
Laxmi Bank

पश्चिम सेतीको आवाजलाई अझै सशक्त बनाउन राजनीतिक दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाउने र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग बहस र छलफल गर्ने कार्यक्रम तय गरिने संयोजक जोशीले बताए । 

‘स्थानीय जनताको मागलाई वर्षाैदेखि सरकारले सुनेको छैन,’ संयोजक जोशीले भने, ‘अहिले हामीले सांकेतिक आन्दोलन स्वरुप कचौरामा पश्चिम सेतीको पानी ल्याएका छौं । हाम्रा माग सुनुवाइ नभए भोलि झोलाभित्र बारुद ल्याउन बाध्य हुनेछौं ।’ पश्चिम सेतीलाई अलपत्र राख्नु स्थानीय जनतामाथि अन्याय हुने भन्दै संयोजक जोशीले सरकारले तत्काल निर्माण कार्य अगाडि बढाउनुपर्ने माग राखेका छन् । 

सरकारले २ दशक अघिदेखि आयोजनाका विभिन्न प्रक्रिया अगाडि बढाएपनि ७५० मेगावाट क्षमताको पश्चिम सेती निर्माण कार्य अगाडि बढ्न सकेको छैन । आन्दोलनरत युवाले ‘आश्वासन अति भो, धैर्य गर्ने कति हो ?’ लगायत नारासहित हातमा कचौरा र पश्चिम सेतीको पानी बोकेर प्रदर्शन गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x