×

NMB BANK
NIC ASIA

शेयर बजारमा हप्ताभर साढे ८ अर्बको कारोबार

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा यस साता कारोबार रकम पछिल्लो डेढ वर्षको तुुलनामा उच्च विन्दुमा पुगेको छ ।

Muktinath Bank

साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहेपनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साताभर कूल १८७ कम्पनीका शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उतारचढावपूर्ण अवस्थामा रहेपनि २ करोड ५१ लाख २ हजार १५९ कित्ता शेयर ८ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४४६ रुपैयाँ मूल्यमा खरिदबिक्री भए । बजारले लय समातेर अगाडि बढे पनि क्रमशः नेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा १ हजार २०० को विन्दुमा झरेको छ ।


Advertisment
Nabil box
Kumari

मौसमीरुपमा नाफा कमाउने लगानीकर्ता हावी हुँदा बजार उतार चढावपूर्ण अवस्थामा रहेको विश्लेषण गरिएको छ । 

Vianet communication
Laxmi Bank

नेप्सेका अनुसार साताको पहिलो दिन आइतवार नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भयो । लगातार उकालो लाग्दै आएको बजारमा त्यस दिनको वृद्धिले नयाँ उचाइँ कायम गरेको थियो । त्यस दिन नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई १ हजार ३४३.६५ मा पुग्यो । 

प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको थियो । कूल १७८ कम्पनीका ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९१७ रुपैयाँ बराबर कारोबार भए । 

आइतवारको उचाइ सोमवार कायम हुन नसक्दा नेप्से परिसूचक त्यसदिन झण्डै साढे २६ अंकले ओरालो लाग्यो । नेप्से परिसूचक २६.५४ विन्दुले घटेर १ हजार ३१७.११ मा पुग्यो । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै २ अर्ब रुपैयाँ बराबर रह्यो । कूल १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता शेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए । 

मंगलवार नेप्से परिसूचक झिनो अंकले वृद्धि भयो । नेप्सेमा सामान्य सुधार देखिँदै ३.३६ विन्दुले बढेर १ हजार ३२०.४७ मा समेटियो । झिनो अंकले नेप्से उकालो लागेपनि कारोबार रकम भने करीब डेढ अर्ब नाघेको थियो । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० रुपैयाँमा कारोबार भयो । 

बुधवार नेप्से परिसूचक ७.०५ अंकले घटेर १ हजार ३१३.४२ मा पुग्यो । परिसूचक ओरालो लागेपनि कारोबार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर १ अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ रुपैयाँमा खरिद बिक्री भए । 

साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक त्यसदिन झण्डै १६ अंकले घटेको थियो । नेप्से १५.९५ विन्दुले घटेर १ हजार २९७.४७ मा झर्‍यो । १ हजार ३०० को विन्दुमाथि पुगेको बजार ओरालो यात्रासँगै १ हजार २०० को विन्दुमा झर्‍यो । 

कूल १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर १ अर्ब ३८ करोड ४२ लाख ९ हजार ४१२ रुपैयाँमा खरिद बिक्री भए । स्टकमा यस साता प्रभू बैंकको ऋणपत्र सूचीकृत भयो । कूल १० लाख कित्ता ऋणपत्र उक्त बैंकको सूचीकृत भएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x