×

NMB BANK
NIC ASIA

महोत्तरीमा क्रसर उद्योग पूर्णरुपमा बन्द गरिने

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जताततै क्रसर उद्योगले अवैध उत्खनन् बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग अब पूर्णरुपमा बन्द गरिने भएका छन् । 

Muktinath Bank

प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका क्रसर उद्योगले गत आर्थिक वर्ष २०७५/७६ को स्टक (भण्डार) विवरण नदिएका हुँदा हाललाई सबै यस्ता उद्योग बन्द गर्ने निर्णय गर्नु परेको समितिले जनाएको छ । जिल्लाका सबै स्थानीय तहलाई  आ–आफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी जिल्ला समन्वय समिति महोत्तरीमा पठाउन भनिए पनि कतैबाट त्यस्तो जानकारी हालसम्म प्राप्त नभएको जिल्ला समन्वय समितिका संयोजक समेत रहेका अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यद्यपि क्रसर र बालुवा प्रशोधन नाउँ राखेर नदी र नदी उकास जग्गामा उधुम मच्चाउँदै आएका यस्ता उद्योग तत्काल बन्द गरिने सिंहको भनाइ छ । जिल्लामा १५ स्थानीय तह रहे पनि उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धेरैजसो यस्ता उद्योग सञ्चालित छन् । अब माग गरिएको विवरण प्राप्त भएपछि सोको अध्ययनबाट मात्र सबै प्रक्रिया पूरा गरेका उद्योगलाई पुनः सञ्चालनको अनुमति दिन सकिने संयोजक सिंहले स्पष्ट पारे ।

Vianet communication
Laxmi Bank

चुरे पहाडी शृंखला र नदी एवम् नदी उकास जग्गामा जथाभावी ठूलठूला यन्त्र लगाएर बालुवा, ढुंगाको अवैध उत्खनन् बढेको गुनासो बाक्लिएसँगै गत वर्षदेखि नै जिल्ला समन्वय समिति र प्रदेशसभा २ को प्राकृतिक स्रोत तथा वातावरण समितिले अनुगमन गर्दै आएका छन् । यद्यपि करीब ५० को संख्यामा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात नदिएरै उत्खनन् कार्य जारी राखेका पाइएपछि अहिले त्यसमा कडाइ गरिन यस्ता उद्योग पूर्णरुपले बन्द गर्ने निर्णय बुधवार नै गरिएको संयोजक सिंहले बताए । 

उद्योगको स्टक अवस्था बोर्डमा उल्लेख गरेर पारदर्शी गरिएपछि मात्र ठेक्का बन्दोबस्तको प्रक्रिया अघि बढ्नसक्ने समितिले जनाएको छ । सबै उद्योगको स्टक अवस्था सम्बन्धित स्थानीय तहले महिनामा २ पटक प्रमाणित गरी जिल्ला समन्वय समितिमा पठाउने परिपाटी बसाल्ने कुरा सुनिश्चित नगरिएसम्म अब उद्योग सञ्चालनको सम्भावना नरहेको समितिले जनाएको छ ।

जिल्लाका क्रसर उद्योगले कानूनी प्रक्रिया मिचेर रातारात उत्खनन् गर्ने गरेका छन् । यो अवस्था देखिएपछि सबै स्थानीय तहलाई निश्चित समय तोकेर उज्यालोमा मात्र उत्खनन् गर्न सक्ने व्यवस्थाको स्पष्ट निर्देशन सबै स्थानीय तहलाई दिएको सिंहले बताए । जिल्लाका रातु, मरहा, भब्सी, जंघा, बडहरी, सोनी  र टुटेश्वरसहितका नदी र नदीउकास जग्गामा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालित छन् । यस्ता उद्योगले जथाभावी उत्खखन गर्दा बनेका खाल्डामा परेर बर्सेनि मानवीय क्षति पनि हुँदै आएको छ ।

अवैध उत्खनन् गर्नेले यसको विरोध गर्नेलाई टिप्परले किचेर मार्ने दृष्टान्त छिमेककै ढल्केवरमा २ साताअघि देखेका जिल्लावासी अहिले आतंकित भएका छन् । गत पुस २५ गते बिहान अवैध उत्खनन् भइरहेको ठाउँमा सो रोक्न पुगेका धनुषाको मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x