×

NMB BANK
NIC ASIA

हनुमन्ते सफाइ गर्दै मन्त्री बस्नेतले भने – समृद्धि अब धेरै टाढा छैन !

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हनुमन्ते सफाइ अभियानको १०० हप्ता पूरा भएका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

Muktinath Bank

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलले हनुमन्ते सफाइ अभियानद्वारा आज राधेराधेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले मुलुक समृद्धि बनाउने अभिभारा पूरा गर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले संघीयताको अभ्यास भइरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पूरा गर्न लाग्नुपर्ने औंल्याउँदै ३ वटै तहको आपसी सहयोग र साझेदारीसँगै एकले अर्काको अस्तित्व स्वीकार्दै विकासमा लम्कनुपर्नेमा जोड दिए । 


Advertisment
Nabil box
Kumari

पूर्व उद्योगमन्त्री महेश बस्नेतले देशमै नमूना बनेको हनुमन्ते सफाइ अभियानलाई नयाँ अभियानमा सञ्चालनमा गर्ने जानकारी दिए । उनले हनुमन्ते करिडोर निर्माणमा जग्गाधनी कसैलाई पनि नोक्सान नपर्ने गरी हनुमन्ते जग्गा एकीकरणमार्फत सबैलाई क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा बागमती प्रदेश सदस्य रजनी जोन्छे, भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, नेकपाका जिल्ला अध्यक्ष वचन देउजा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, पहलमान श्रेष्ठ लगायतका अभियन्ताले हनुमन्ते सफाइ अभियानसँगै मनको सफाइ पनि गर्ने बेला आएको बताए ।

हनुमन्ते सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले अब नयाँस्वरुपमा सफाइ अभियान शुरू हुने बताउँदै अभियान निरन्तर जारी रहने भनाइ राखे ।

अभियानमा ९५ हजार जनाभन्दा बढी र २५० भन्दा बढी सामाजिक संघसंस्थाको सहभागिता रहेको अभियानमा १६०० टन फोहर संकलन भएको कार्यक्रममा जानकारी दिइएको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते नदी र सडक लगायतका क्षेत्रमा फोहर गर्नेलाई नगरपालिकाले जरिवानासहित कारवाही गरिने बताए ।

‘उठौं, जागौं, हनुमन्ते नदी सफाइमा सबै लागौं’ भन्ने मूल नाराका साथ सरकारको लगानी विना नै २०७४ फागुन १९ गते शनिवार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाइ अभियानका अगुवाइ गर्ने सांसद बस्नेतले संयुक्तरुपमा उद्घाटन गरेको हनुमन्ते सफाइ अभियानले १०० हप्ता पूरा गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x