मुलुकमा रोजगारीकाे अवसर नहुँदा सस्तो मूल्यमा विदेशमा काम गर्नुपर्ने बाध्यता

युवाका ज्ञान, सीप र दक्षतालाई स्वदेशभित्र परिचालन हुने वातावरण सिर्जन गर्न माग गरिएको छ ।  

रोटरी क्लब अफ जावलाखेलद्वारा संयुक्तरूपमा ‘प्राविधिक र पेशागत शिक्षा विकासमाः रोटरीयनको भूमिका’ विषयक शनिबार आयोजित  कार्यक्रमका सहभागीले मुलुकमा रोजगारीका अवसर नहुँदा युवाले सस्तो मूल्यमा विदेशमा काम गरिरहेका बताए।


Advertisement

रोटरी नेपाल लिट्रेसी मिसनका अध्यक्ष तीर्थमान शाक्यले युवालाई सरकारले आवश्यक सीपको व्यस्था गरिदिनुपर्ने घारणा व्यक्त गरे। पुराना वस्तुको संरक्षण र प्रवद्र्धनमा सरकारले युवालाई दक्ष बनाउन विभिन्न विषयको तालीम व्यवस्था गरिदिनुपर्ने उनले बताए।

पेशागत सेवा समिति उपाध्यक्ष कमल रुपाखेतीले नेपालमा रहेका १२५ रोटरी क्लबले पेशागत शिक्षालाई अघि बढाउन आवश्यक रहेको जानकारी दिए। नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकलामा युवालाई आवश्यक ज्ञान र सीप प्रदान गर्नुपर्ने  बताए। कार्यक्रममा १७ महिलालाई चालकको तालीम दिइएको जानकारी दिइएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्