×

NMB BANK
NIC ASIA

वाग्मती सफाइ महाअभियान: फेरि बग्ला कलकल पानी ?

माघ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले ३५० हप्ता पार गरेको छ। महाअभियानले बबरमहलबाट त्रिपुरेश्वरसम्मको करीब एक हजार ५०० मिटर नदी क्षेत्र सफाइको जिम्मेवारी काठमाडौँ महानगरपालिका–११ लाई दिएको छ। वडाध्यक्ष हीरालाल तण्डुकारले वडा क्षेत्रको वाग्मती सफाइका लागि सक्दो काम गर्ने प्रतिबद्धता जनाए।

Muktinath Bank

महाअभियानको ३५०औँ हप्ता पुगेको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार र महानगरपालिकाले वाग्मती सफाइमा गर्नु्पर्ने जति काम गर्न नसकेको बताए। 'वाग्मतीको सभ्यता जोगाउन सफा महाअभियानले चेतना जगाएको छ, ११ नं वडालगायत केही वडाले सफाइका लागि पु-याएको योगदान महत्वपूर्ण छ, संविधानसभा सदस्य हुँदा पनि केही योजना अघि सारेको हो, अब पनि सांसदका हैसियतले गर्न सकिने सहयोग गर्छु,' उनले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीर अस्पताललगायत केहीमा फोहर व्यवस्थापन सफल भएजस्तै आफूले वाग्मतीमा गर्ने योजना अघि सारे पनि सफल नभएको नेता सिंहको भनाइ थियो । आफू सानो हुँदा वाग्मती, विष्णुमतीमा बग्ने स्वच्छ पानीजस्तै फेरि बगाउन चाहेको उनले सुनाए।


Advertisment
Nabil box
Kumari

शहरी विकास मन्त्रालयका सचिव मधुसू्दन अधिकारीले तीन महिनासम्ममा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट तयार भई राजधानीको फोहर व्यवस्थापन हुने जानकारी गराए। विशेष कार्यक्रमअघि भएको त्रिपुरेश्वर क्षेत्रको नदी सफाइमा ५० भन्दा बढी संस्थाका दुई हजार २०० भन्दा बढी अभियानकर्मी सहभागी भएका थिए । सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए। 

Vianet communication
Laxmi Bank

सफाइ महाअभियानले ३५० हप्ता पार गर्दा नदीबाट १२ हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको, २० हजारभन्दा बढी स्वयंसेवी सहभागी भएको जनाइएको छ । महाअभियानले अब वडा–वडालाई सफाइमा जिम्मेवार बनाउन लागेको घोषणा पनि आज गरियो । रुद्रमती सफाइ अभियानको ३०२औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारमा सफाइ गरियो । 

सफाइमा वातावरण संरक्षण अभियान, रुद्रमती सरोकार समाज, पहिलो पाइलालगायत संस्थाको सहभागिता थियो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। रुद्रमती सफाइपछि समूह वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्तामा सहभागी हुन त्रिपुरेश्वर पुगेको थियो । 

विष्णुमती सफाइ अभियानको २७७औँ हप्तामा तारकेश्वर नगरपालिकाको जरङ्गु पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा तीनै वटा सुरक्षा निकाय, नगरपालिकाको १० नं वडाध्यक्ष अमृत थापा, स्थानीय संस्थालगायतको सहभागितामा भएको सफाइबाट छ टन फोहर व्यवस्थापन गरिएको कार्यक्रम संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए।

चक्रपथ पश्चिम खण्ड सफाइको १३०औँ हप्ताको समूह वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्तामा सहभागी भएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। ललितपुर गोदावरी खोला सफाइको ४७औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरियो । 

सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक बेबी थापाले जानकारी दिनुभयो । उपत्यकाका अन्य स्थानका सफाइ अभियानकर्मी पनि शनिबार त्रिपुरेश्वरमा भएको वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्ताको विशेष कार्यक्रममा सहभागी भएका थिए । -पूर्णप्रसाद मिश्र/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x