राजपालाई उपप्रधानमन्त्री पोखरेलको ‘ग्रिन सिग्नल’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा र राजपाबीचको सहकार्य राम्रो शुरुआत भएको बताएका छन्।  नेकपा र राजपाले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ का लागि सहकार्य गरेका थिए। सहकार्य अनुसार दुबै दलले-२ सिट जितिसकेका छन्।

बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई शनिबार बधाइ ज्ञापन गर्दै  उनले  राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको बताए।


Advertisement

उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो। अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नु पर्दछ।’

 नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका केन्द्रित रहने प्रतिबद्धता जनाए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्