माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बिरामीको विवरण नपठाउँदा नीति निर्माणमा प्रत्यक्ष असर
यस्ता बिरामी आए तत्काल रिपोर्ट गर्नुपर्छ : झाडापखाला, हैजा, श्वासप्रश्वाससम्बन्धी, मलेरिया, डेंगु, कालाजार
विवरण नपठाउने अस्पतालहरू : शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, सिभिल अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नारायणी अस्पताल
चिकनगुनिया भाइरस :सन् २०१३ मा धादिङमा पहिलोपटक देखापरेको थियो । पछिल्लोपटक चितवन र काठमाडौंमै पनि देखापरेको छ । तर, चिकनगुनियाका कारण नेपालमा कति मानिस बिरामी हुन्छन् भनेर कुनै पनि सरकारी निकायमा तथ्यांक छैन । यो भाइरस डेंगु सार्ने ‘एडिस अजिप्टाइ र अल्बोपिक्टस’ नामक लामखुट्टेको टोकाइबाट सर्छ । अचानक ज्वरो आउनु र अत्यधिक जोर्नी दुख्नु यसका मुख्य लक्षण हुन् । चिकनगुनियाका कारण नेपालमा हालसम्म तीनजनाको मृत्यु भएको छ । तर, हाल यसको अवस्था के छ भन्ने कुनै आधिकारिक जानकारी छैन । डेंगुको महामारीसँगै चिकनगुनिया पनि फैलिइरहेको हुन सक्ने चिकित्सकहरू आशंका गर्छन् ।
वेस्ट नाइल भाइरस :सन् २००९/२०१० मा काठमाडाैं र भरतपुरमा देखिएको थियो । तर, यसको अवस्थाबारे सरकारसँग कुनै तथ्यांक छैन । चिकित्सकहरूका अनुसार अहिले वेस्ट नाइल भाइरसको परीक्षणसमेत हुँदैन । यो क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट हुन्छ । यसले हात्तीपाइलेको जीवाणु फैलाउँछ । ८० प्रतिशतभन्दा बढीमा यसको लक्षण नै नदेखिने हुनाले प्रकोप वा महामारी नदेखिएको पनि हुन सक्ने चिकित्सकहरू बताउँछन् । यसले स्नायु प्रणालीमा असर पारी मृत्यु गराउँछ । यो भाइरस चराबाट लामखुट्टे हुँदै मानिसमा सर्छ । वेस्ट नाइल भाइरसले उच्च ज्वरो आउने, घाँटी कडा हुने, हात काम्ने, पहिचान गर्ने क्षमता कमजोर हुने र बिरामी कोमामा जाने हुन्छ ।
चन्दिपुरा भाइरस : सन् २०१५ मा मोरङ, सुनसरी, सप्तरी, मकवानपुरमा पहिलोपटक चन्दिपुरा भाइरस देखियो । तर, नियमित परीक्षण नहुँदा हाल यसको अवस्थाका बारेमा चिकित्सक अनविज्ञ छन् । चन्दिपुरा भाइरस नेपालमा देखिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा यसको कुनै रेकर्ड छैन । यसले विशेष गरेर स्नायु प्रणालीमा असर पार्ने गर्छ । अचानक उच्च ज्वरो आउनु, अर्धचेत हुनु, अचानक चालचलन र व्यवहारमा परिवर्तन आउनु, पखाला लाग्नु र बान्ता भई संक्रमित व्यक्तिको मृत्यु हुने गर्छ । यो भाइरसबाट संक्रमित व्यक्तिको लक्षण देखिएको २४ घन्टाभित्र मृत्यु हुन्छ ।
स्वाइन फ्लु :स्वाइन फ्लु काठमाडौंमा सन् २००९ मा पहिलोपटक देखिएको थियो । त्यसयता हरेक वर्ष देखिँदै आएको छ । यो एचवानएन वान पिडिएम सन् २००९ फ्लु भाइरस हो । यो सन् २००९ देखि नै नेपालमा लगातार देखिँदै आएको छ । विशेष गरेर जाडो महिना र मनसुन सिजनमा बढी देखिने गर्छ । सरकारी तथ्यांकअनुसार सन् २०१९ मा १ सय ८० जनामा यसको संक्रमण देखिएको छ । तर यसको आधिकारिक तथ्यांक भने मन्त्रालयमा छैन । यसको खोप पनि उपलब्ध छ ।
लाइम डिजिज :सन् २०१७ मा पोखरामा पहिलोपटक देखिएको थियो । यसको निदान गर्ने विधि नेपालमा नभएकाले जाँच गर्न गाह्रो हुने डा. शेरबहादुर पुन बताउँछन् । हाल यसको अवस्थाका बारेमा कुनै जानकारी छैन । लाइम डिजिज नेपालमा सबैभन्दा पहिला पत्ता लगाएको सरुवा रोग हो । यो इक्जोडिस नामक किर्नाको टोकाइले सर्छ । सुरुमा ज्वरो आउने, जिरिङ हुने, टाउको दुख्ने, आलस्य हुने, जोर्नी दुख्ने हुन्छ । यसबारे स्वास्थ्य मन्त्रालयसँग कुनै तथ्यांक छैन ।
स्क्रब टाइफस :सन् २०१५ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा केही बालबालिकाको मृत्यु भएको थियो । स्क्रब टाइफस नेपालको विशेष गरेर सुदूरपश्चिमको तराईमा बढी देखिने गरेको छ । सरकारी तथ्यांकअनुसार सन् २०१९ मा मात्रै १६ सय ६९ जनामा देखिएको छ । उच्च ज्वरो, टाउको दुख्नु, आँखा रातो हुनु, लिम्फग्रन्थी सुन्निनु, श्वासप्रश्वासमा अवरोध हुनु मुख्य लक्षण हुन् । यो माइट भन्ने किर्नाको टोकाइबाट सर्छ । यो रोग ओरियनटा सुसुगामुसी नामक ब्याक्टेरियाका कारण हुन्छ । यो काठमाडौंमा समेत देखिन थालेको छ ।
चिकित्सक र अस्पतालले बिरामीको सम्पूर्ण विवरण नराख्दा महामारीजन्य रोग नियन्त्रणमा समस्या देखिएका यी केही उदाहरण हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सरकारी तवरका ठूला अस्पतालहरूले नै बिरामीमा देखिएको नयाँ रोगबारे सरकारलाई प्रस्ट जानकारी नदिँदा सरकार बेखबर छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेका अनुसार सरकारी तवरका ठूला अस्पतालले नै रोगबारे सरकारलाई औपचारिक जानकारी दिँदैनन् । देशभर ११८ अस्पतालहरू रिपोर्टिङमा आबद्ध छन् । तर, थोरै मात्र अस्पतालले रिपोर्टिङ गराउँदै आएको महाशाखाका तथ्यांक अधिकृत पाण्डेले बताए । सन् २०१९ मा सरकारको नियमित रिपोर्टिङमा डेंगुको संक्रमण देशभर ६९८ जनामा देखिएको छ । तर, महाशाखा आफैले तयार पारेको रिपोर्टमा १५ हजारभन्दामाथि प्रभावित भएको उल्लेख छ ।
पाण्डेका अनुसार नियमित रूपमा ठूला अस्पतालले बिरामीको विवरण नपठाउँदा नीति निर्माणमा समेत प्रत्यक्ष असर परेको छ । विभिन्न रोगबारे अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई खबर गर्नुपर्छ । तर, आस गरेका अस्पतालले नै रिपोर्ट गर्दैनन् । चिकित्सकहरूले बिरामीको रोगको अवस्थाबारे स्पष्ट लेख्दैनन् । आफूले हेरेका हरेक बिरामीको रेकर्ड ढड्डामा राख्नुपर्छ । बिरामीको रिपोर्टिङ टुल्स प्रयोग नगर्दा नयाँ देखिएका रोगबारे सरकार सधैँ बेखबर हुँदै आएको उनी बताउँछन् ।
महाशाखाका अनुसार नयाँ रोग देखिए बिरामी र डाक्टरलाई मात्रै जानकारी हुन्छ, सरकारलाई हुँदैन । त्यसैले महामारीको रूप लिन पुग्छ । बिरामीको चापका कारण रेकर्ड टुल्स प्रयोग गर्न भ्याइँदैन, त्यसैले तथ्यांक समयमा उपलब्ध नहुँदा प्रकोप नियन्त्रणका लागि कार्ययोजना तय गर्न कठिन हुन्छ । विवरण पठाउन सकेनौँ, ठूला अस्पतालका मेडिकल रेकर्डरको भनाइ उद्धृत गर्दै पाण्डेले भने । नयाँ पत्रिकामा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...