×

NMB BANK
NIC ASIA

शहीदको शालिक दश वर्षपछि अनावरण हुँदै

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद स्मारक उद्यानमा छोपि राखिएको शालिक बल्ल अनावरण हुने भएको छ ।

Muktinath Bank

विसं २०६६ मा निर्माण सम्पन्न गरेर राखिएको शालिक दश वर्षपछि यही माघ १६ गते शहीद दिवसको दिन अनावरण गर्न लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले  तत्कालीन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा सहादत प्राप्त गरेपछि उहाँको स्मृतिमा  विसं २०६३ मा शहीद स्मारक निर्माण गरी विसं २०६६ मा शालिक राखिएको थियो ।


Advertisment
Nabil box
Kumari

शहीद स्मारकमा शहीदको अर्धकदको शालिक दश वर्षदेखि ढाकिएको अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शहीदको शालिक राखिएको स्मारकस्थलको भवन जीर्ण भएका कारण शालिक अनावरण हुनसकेको थिएन ।  शहीद उद्यानको भवन रेट्रोफिट गरी बलियो बनाइएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

Vianet communication
Laxmi Bank

'शहीद उद्यानको संरचना कमजोर भएकाले शहीदको शालिक अनावरण गर्न सकेका थिएनाैं', उनले भने, 'हाल शहीद उद्यानलाई व्यवस्थित बनाएका छौँ', शहीद दिवसको दिन पारेर शालिक अनावरण गर्ने कार्यक्रम तय भइसकेको छ ।” 
 शहीद उद्यान व्यवस्थित गर्नका लागि नगरपालिकाले गत आर्थिक वर्ष रु २२ लाख बजेट विनियोजन गरेको थियो । उद्यानमा कम्पाउण्ड, शौचालय निर्माणलगायतका काम भएको छ ।

'शहीदको शालिक ढाकिएको अवस्थामा राखिरहनु सुहाउँदो विषय थिएन, त्यसैले बजेट विनियोजन गरेर शहीद उद्यानलाई व्यवस्थापन गरेका हाैं', नगरप्रमुख न्यौपाने भने।  

उद्यानका लागि चालू आवमा रु २५ लाख विनियोजन गरिएको छ । रु सात लाखले उद्यानको थप विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार उद्यानलाई विकास गर्न रु सात करोड बजेट प्रस्ताव गरिएको छ । बाँकी रु १८ लाख बजेटले उद्यानमा थप निर्माणका काम गरिने नगरपालिकाले जनाएको छ ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुलिमराङ भ्रमणको क्रममा  शहीद स्मारक र उद्यान बनाउन निर्देशन दिएका थिए ।

यसपछि शहीद स्मारक निर्माण समिति गठन गरिकाम अगाडि बढाइएको स्मारक निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार तत्कालीन समयमा उद्यान र स्मारक निर्माण गर्न जग्गा खोज्ने क्रममा केही अलमल भएपछि विसं २०६३ मा मात्र स्मारक निर्माण शुरू गरिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x