×

NMB BANK
NIC ASIA

नेपालले भ्रमण बर्ष मनाइरहँदा दोलखाको कालिञ्चोकमा आन्तरिक र बाह्य पर्यटकको भिडभाड छ ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंदेखि झन्डै १५० किलोमीटरको दूरी पारेर पुग्न सकिने कालिञ्चोकमा आन्तरिक र बाह्य पर्यटक विषेश गरेर हिउँ खेल्न जाने गर्छन् । सबैतिर हिउँले ढाकिएको कालिञ्चाकमा कालिञ्चोक भगवती दर्शन गर्न भारतीय प्रर्यटकको पनि बढ्दो आकर्षण देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोलखाको भिमेश्वर नगरपालिका–६ मा पर्ने कालिञ्चोकमा अहिले आन्तरिक र भारतीय पर्यटकहरू हिउँ खेल्न कै लागि पुग्ने गरेका छन् । कालिन्चोक मंसिर देखि फागुनसम्मै हिउँ पर्ने गर्छ । त्यही भएर हिउँमा रमाइलो गर्ने र कालिञ्चोक भगवतीको दर्शन गर्नकै लागि मानिसहरूको भिड लाग्ने गरेको स्थानिय व्यापारी पासाङ तामाङले बताए ।


Advertisment
Nabil box
Kumari

कालिञ्चोकमा होटलको व्यापार गर्दै आएका तामाङले लोकान्तरसँग भने,‘मंसिर देखि फागुनसम्म त यहाँ हिउँले नै ढाकिन्छ । हिउँ हेर्नका लागि प्रर्यटकहरू आउने गरेका छन् ।’

Vianet communication
Laxmi Bank

घुम्न आउने मानिसहरू मन्दिर दर्शन गर्न जान केवलकार चढ्ने गरेका छन्, भने कोहि पैदल हिडेरै दर्शन गर्न पुग्छन् । अरनिको राजमार्ग भएर काभ्रे हुँदै सिन्धुपाल्चोक भएर दोलखाको सिमा पुगिन्छ ।

स्थानीय व्यापारीका अनुसार जाडोको मौसममा दिनहुँ ३ देखि ४ हजार मानिसहरू कालिञ्चोक पुग्ने गरेको छन् । कालिञ्चोकमा लगभग २५ वटा होटलहरू छन् । यो मौसममा सवै होटलहरू भरिएर सदरमुकाम चरिकोटमा बसेर आएकाहरू पनि उत्तीकै हुन्छन् । 

घुम्न जानेहरूले पहिले नै बुक गरेर जाने गरेका छन् । कलेज, स्कुल क्याम्पस र विभिन्न संघसंस्था तथा पारिवारिक हिसाबले मानिसहरू समुह बनाएर बस्न जाने गर्छन् ।

कालिञ्चोकमा खान बस्नको लागि महँगो भने छैन् । यदि काठमाडौंबाट गाडि रिर्जरभ गरेर जानेले एक रात बसेको ४ हजार ५ सय रुपैयाँमा पुगेर आउन सकिन्छ । 

आफैं गएर बस्ने हो भने सस्तो होटलमा प्याकेजमा प्रति व्यक्ति १ हजार रुपैयाँमा एक रात वस्न खान पाउने व्यवस्था छ । 

सल्लेरी गेष्ट हाउस सञ्चालन गर्दै आएका व्यपारी गोपाल पाख्रिनले भने,‘हामीले एक रातको १ हजार लिने गरेका छौं । त्यसमा एक छाक मासुभात, सुत्न, विहानको बे्रकफास्ट, क्याम्प फाएरको व्यवस्था छ ।’

प्याकेजमा वस्ने व्यवस्था छैन् । चरिकोट बसेर माथि कालिञ्चोकमा खाना खान जानेलाई भने महँगो पर्छ ।

एक छाक खानको सादा २ सय ५० रुपैयाँ पर्छ भने मासुभातको ३ सय ५० रुपैयाँ पर्छ । त्यहाँ आगो तपेको प्रति व्यक्ति १ घण्टाको हजार रुपैयाँ तिर्नुपर्छ भने तातो पानीको समेत पैसा तिर्नुपर्छ ।

हेर्नुहोस् केही तस्वीरहरू

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x