शोक प्रस्ताव पारित गर्दै प्रदेश सभा बैठक स्थगित

फाइल फोटो

प्रदेश नं ५ को  प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै आज स्थगन भएको छ ।

प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले शोक प्रस्ताव प्रस्तुत गर्दै अनूभवि राजनीतिज्ञ बलदेव शर्मा पोखरेलको निधनले प्रदेशलाई अपुरणीय क्षति भएको उल्लेख गरे ।


Advertisement

प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका नेता पोखरेलको यही माघ ६ गते  ८२ वर्षको उमेरमा निधन भएको थियो ।

समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित विपक्षी दलका नेता पाखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनसमेतमा क्षति भएको जनाउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।


Advertisement

विसं २०१४ मा  नेपाली काङ्ग्रेसमा आवद्ध भई विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गर्नुभएका र भूमिगत राजनीतिक जीवनसमेतको अनूभव हासिल गर्नुभएका पोखरेल विसं २०३३  मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशिल भएको बताइएको छ ।

नेता पोखरेल प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य थिए । उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्