×

NMB BANK
NIC ASIA

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाको सभामुखमा नेकपा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

Muktinath Bank

प्रतिनिधि सभामा सभामुखका लागि एकमात्र प्रस्ताव परेकाले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि सापकोटालाई सभामुखमा प्रस्ताव गर्दै पूर्वसभामुख सुवासचन्द्र नेवाङले उनी सभामुखका लागि योग्य रहेको बताए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

नेम्वाङको प्रस्तावलाई पूर्वसभामुख ओनसरी घर्ती मगर, नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङ र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरे ।

सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि असोज १४ गतेयता प्रतिनिधि सभा सभामुखविहीन थियो ।

एकै पार्टीबाट सभामुख र उपसभामुख हुन संवैधानिक अड्चन देखिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि गत साता राजीनामा दिएकी थिइन् ।

सभामुख र उपसभामुख दुवैको राजीनामापछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका हुन् ।

सभामुख निर्वाचन सम्पन्न भएसँगै अब केही दिनमा उपसभामुख चयनको प्रक्रिया शुरू हुने संसद् सचिवालय स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक माघ १४ गते मंगलवार बस्नेछ ।

को हुन्, सापकोटा ?

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी  नगरपालिका वडा नम्बर ४ कुभिन्डेका स्थायी बासिन्दा अग्निप्रसाद सापकोटा उमेरले आगामी फागुनमा ६२ वर्ष टेक्दैछन् ।

उनका बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटा हुन् ।

अग्निका श्रीमती र तीन छोरा छन् । २०७४ सालको आमनिर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सापकोटा अहिले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य छन् ।

पार्टी एकीकरण नहुँदासम्म तत्कालीन माओवादी केन्द्रमा कार्यालय सदस्य रहेका थिए । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि भने उनको घटुवा भयो ।

सापकोटा अहिले स्थायी कमिटी सदस्य छन् ।

सापकोटाले सिन्धुपाल्चोककै श्रीकृष्ण विद्याश्रमबाट एसएलसीसम्मको अध्ययन गरेका थिए ।

एमएसम्मको अध्ययन गरेका सापकोटाले एसएलसीपछि सबै तह प्राइभेट अध्ययन गरेको संसद् सचिवालयमा रहेको उनको परिचयात्मक भिडियोमा उल्लेख छ ।

सापकोटाले २०२९ सालदेखि विद्यार्थी राजनीति शुरू गरेका थिए । २०३२ सालमा उनी शिक्षक भए ।

त्यसपछि उनी शिक्षकको राजनीतिबाट उदाए । २०३६ सालको जनमत संग्रहपछि सापकोटा शिक्षक संघर्ष समितिको केन्द्रीय उपाध्यक्ष हुँदै महासचिवसम्म बने ।

२०४८ सालमा सापकोटाले शिक्षकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा होमिए । त्यसपछि उनी जनमोर्चाको केन्द्रीय सदस्य बने ।

२०५१ सालमा गठन भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा केन्द्रीय सदस्यका रूपमा आएपछि २०५२ साल फागुन १ गतेबाट शुरू भएको जनयुद्धमा उनी भूमिगत बने ।

बढी विचार गर्ने र कम बोल्ने नेताका रूपमा उनले तत्कालीन माओवादीभित्र आफ्नो प्रभाव विस्तार गर्दै लगेका थिए ।

सापकोटालाई हेटौंडा महाधिवेशनले पोलिटब्यूरो सदस्य बनायो भने विराटनगर सम्मेलनले स्थायी समिति सदस्य बनायो ।

'२०६२ सालको ठोकर्पामा भएको भीडन्तमा मेरो शरीरमा एम १६ को ३ वटा गोली लागेको थियो,' सापकोटाले आफ्नो परिचयात्मक भिडियोमा भनेका छन् ।

उनी शिक्षक संघर्षका सन्दर्भमा पटक-पटक जेल बसेका नेता हुन् ।

२०४२ साल वैशाखमा तत्कालीन पञ्चायती सरकारले उनलाई गिरफ्तार गरेर ५ महिना जेल राखेको थियो । सापकोटा भन्छन्, 'जेल जाने–आउने काम नियमित जस्तै थियो मेरा लागि ।'

सिन्धुपाल्चोकले उनलाई दुईपटकको संविधान सभा निर्वाचन र त्यसपछिको आम निर्वाचनमा जिताएर काठमाडौं पठाएको छ ।

पहिलो र दोस्रो संविधान सभामा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सापकोटा २०७४ सालको आम निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी बनेका थिए ।

सापकोटा दुईपटक मन्त्रीसमेत बनेका छन् । २०६८ सालको वैशाखमा सूचना तथा सञ्चारमन्त्री बनेका सापकोटा २०७२ सालको कात्तिकमा वन तथा भू-संरक्षणमन्त्री बनेका थिए ।

उनी आफूलाई विचारसँग लगाव भएको नेताका रूपमा चित्रण गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x