×

NMB BANK
NIC ASIA

निर्वाचित भएलगत्तै लम्किँदै ओलीलाई भेट्न पुगे सभामुख अग्नि सापकोटा

माघ १२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएको घोषणालगत्तै अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नमस्कार गर्न त्यसतर्फ लम्किए ।

Sagarmatha Cement
Muktinath Bank

सभामुख निर्वाचनको दिन आइतवार सापकोटा सत्तापक्षीय पंक्तिको अघिल्लो सीटमा बसेका थिए । बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नासाथ उनी पार्टी अध्यक्षको बधाई थाप्न लम्किएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीटबाट उठ्ने बित्तिकै पूर्व सभामुख ओनसरी घर्ती मगरले खादा लगाउन भ्याइहालिन् । बीच बाटोमै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सापकोटालाई सभामुख बनाउने प्रस्तावका प्रस्तावक सुवास नेम्वाङ र सांसद खगराज अधिकारीले बधाई दिन भ्याए ।


Advertisment
Nabil box
Kumari

बीचमा अरू सांसद पनि आएर खादा लगाउन र बधाई दिन खोज्दै थिए त्यहाँबाट उम्किए छिटोछिटो लम्किँदै सापकोटा प्रधानमन्त्री ओली भएको ठाउँमा पुगे । नमस्कार आदान–प्रदान भयो ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य समस्यका कारण ओलिले हात मिलाउँदैनन् । 

प्रधानमन्त्रीको बधाई थापेपछि उनी प्रतिपक्षीको रोतर्फ अघि बढे । अघिल्लो पंक्तिका सांसदहरूसँग हात मिलाउँदै अघि बढेका सापकोटाले बैठक कक्षको ढोकैमा पुगेका पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेटे ।

भट्टराईलाई भेटिसकेपछि मात्र सापकोटा अन्य सांसदको बधाई थाप्न फर्किएका थिए । सल्यानबाट निर्वाचित सांसद टेकबहादुर बस्नेतले निकै मेहेनतपछि मात्र खदा लगाइदिन पाए ।

त्यसपछि अमृता थापा लगायत पूर्व माओवादी खेमाका सांसदहरूले सापकोटासँग सेल्फी लिए । संसद्को वेलमा उपसभामुखबाट राजीनामा गरेकी डा. शिवमाया तुम्बाहाम्फे र नेकपा सांसद विन्दा पाण्डेले ‘पुरुष’ सांसदलाई सभामुख बनाएकोमा ठट्टा गर्दै बधाइ दिए । 

नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिन मंगलवार प्रतिनिधि सभाको बैठक राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x