नेपाल-भारत सीमामा गुन्जियो 'जन गण मन'

भारतले सीमा नाकामै आफ्नो ७१ औ गणतन्त्र दिवस मनाएको छ ।

कैलालीको धनगढीसँग जोडिएको गौरीफन्टा नाकामै भव्य कार्यक्रम गरी दिवस मनाएको हो । उक्त दिवस भारतीय अधिकारी र नेपाली अधिकारीको उपस्थितिमा मनाइएको छ ।


Advertisement

कार्यक्रममा भारतको विश्व हिन्दू परिषद साध्वी डा. प्राची र धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले संयुक्त रुपमा भारतीय राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए ।

कार्यक्रममा गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै डा. प्राचीले देशको सुरक्षार्थ रातदिन सीमामा तैनाथ रहने सुरक्षाकर्मीहरुको मनोबलमा बृद्धि गर्न तथा सम्मान गर्न सीमा क्षेत्रमा आएको बताइन् । 


Advertisement

धनगढी उपमहानगरपालिकाका मेयर वडले नेपाल भारत दाजुभाई भएकोले आपसी सहकार्यका साथ अगाडी बढ्नुपर्ने बताए । दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले देखिएको दुई देशीय सीमा समस्या, सीमा क्षेत्रमा दुई देशीय नागरिकहरु माथि हुने समस्या पनि आपसी समझदारीमा समाधान गरिनुपर्ने विचार व्यक्त गरे ।

भारतको राष्ट्र गानसहित नाराबाजीका साथ भएको कार्यक्रममा भारतीय र नेपाली सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्