कोरोना भाइरसको जोखिममा रहेका नेपालीको उद्दार गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरसका कारण जोखिममा रहेका नेपालीको यथाशीघ्र उद्दार गर्न सरकारसँग माग गरेको छ ।

आइतवार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको जोखिममा रहेका नेपालीको सुरक्षालाई गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न माग गरेको हो ।


Advertisement

'कोरोना भाइरस आधा दर्जन जति देशमा फैलिसकेको छ,' कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । यसबाट नेपालीको सुरक्षाका लागि नेपाल सरकारलाई गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न नेपाली कांग्रेस संसदीय दल माग गर्दछ ।'

उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी लगायत व्यवसायमा रहेका नेपाली नागरिक समेत उच्च जोखिममा रहेकोले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्दारका लागि आवश्यक व्यवस्था गर्न गर्न कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।


Advertisement

'महामारीको रुपमा फैलन सक्ने उक्त कोराना भइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था  तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं,' विज्ञप्तिमा उल्लेख छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्