६ हजार धरौटीमा रिहा भए एन्फा अध्यक्ष कुट्ने मनाङे

गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘मनाङे’ धरौटीमा रिहा भएका छन् ।

आइतवार प्रमुख जिल्ला अधिकारी रमेशकुमार शर्माले ६ हजार धरौटीमा मनाङेलाई रिहा गर्न आदेश दिएका हुन् ।


Advertisement

गत माघ ९ गते अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई पक्राउ गरेको थियो ।

एन्फा अध्यक्ष गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए ।


Advertisement

प्रहरीले मनाङेलाई पक्राउ गरेपछि गुरुङलाई पनि पक्राउ गरेको थियो ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्