नवनिर्वाचित सभामुख सापकोटाको सपथ सोमवार

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको सपथ सोमबार बिहान हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा शपथ ग्रहण कार्यक्रम तय भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।


Advertisement

'भोलि ११ बजे हुने सपथ ग्रहण कार्यक्रमको तयारी भइरहेको छ,' स्रोतले लोकान्तरलाई बतायो ।

प्रतिनिधिसभाको आइतवारको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।


Advertisement

नेपालको संविधानबमोजिम सभामुख सापकोटाले राष्ट्रपतिबाट सपथ लिनेछन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्