विप्लव समूहका चार नेताद्वारा पार्टी परित्याग

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाका चार जना नेताहरुले पार्टी परित्याग गरेका छन्।रहेका मकवानपुरका नेताहरु अक्कलबहादुर गोले ‘धावा’, गीता कार्की, अर्जुन चौलागाईं र नारायणप्रसाद गौतमले पार्टी परित्याग गरेका हुन्।

उनीहरुले शान्तिपूर्ण, व्यक्तिगत र सामाजिक जीवनमा असहज परिस्थिति महसुस भएकाले पार्टी परित्याग गरिएको जानकारी दिएका छन्। संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले गर्दा नेपाली जनताको जीवन झन कष्टकर बन्दै गएकोमा चिन्तासमेत व्यक्त गरेका छन्।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्