गण्डकी पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुन्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीको सरकार विपन्न नागरिकको आर्थिकस्तर उकास्न लागीपरेको बताएका छन्।

मध्यनेपाल नगरपालिका–४ स्थित बोटेगाउँमा आइतबार जनता आवास कार्यक्रम लमजुङअन्तर्गत निर्माण गरेको बोटे समुदायको आवास भवन हस्तान्तरण कार्यक्रममा घर सम्पन्न प्रमाणपत्र र साँचो वितरण गर्दै मुख्यमन्त्री गुरुङले संविधानमा पनि मौलिक हकअधिकारमा खाना, छाना र नाना रहेकोले यसको कार्यन्वयन गर्ने प्रक्रियामा सङ्घीयदेखि प्रदेश सरकार लागीपरेको बताए।


Advertisement

विपन्न नागरिकको आयस्रोत उकास्न कृषिलाई आधुनीकरण, यान्त्रीकरण र व्यवसायिकीकरण गर्नुपर्ने र त्यसका लागि सङ्घीय र प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री गुरुङको भनाइ छ । गण्डकी प्रदेशलाई आगामी पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रयासमा प्रदेश सरकार अघि बढेको उनको भनाइ छ । त्यसका लागि १५ वर्षीय योजना निर्माण प्रदेश सरकारले गर्न लागेको मुख्यमन्त्री गुरुङले बताए।

    


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्