×

NMB BANK
NIC ASIA

चीनको उहानमा रहेका नेपाली त्रासमा, विमानस्थलमा ‘हाई अलर्ट'

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुर्‍याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जनाएको छ ।

Muktinath Bank

नेपाल भ्रमण आएका अमेरिकी नागरिकलाई ज्वरो आएपछि आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्‍याइएको थियो । ती नागरिक पुरुष रहेको र कोरोना भाइरसको आशंका गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेका अनुसार ज्वरो आएपछि उनलाई शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याइएको हो । उनले भने, ‘हामी हाइअलर्टमा छौं । विमानबाट ओर्लेपछि बिदेशबाट आएका प्रत्येक नागरिकको स्वास्थ्य परीक्षण हुन्छ ।’


Advertisment
Nabil box
Kumari

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ । शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्वुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ ।

Vianet communication
Laxmi Bank

सरकारले चीनबाट आएका र ज्वरो तथा रुघाखोकी देखिएका व्यक्तिलाई सिधै निगरानीका लागि शहीद शुक्रबार ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा लैजान थालेको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरूको उपचारको अवस्थाका सम्बन्धमा जानकारी समेत लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतवार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल (सिभिल) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (सरकारीतर्फ) र निजीतर्फ नर्भिक अस्पताल, काठमाडौं मेडिकल अस्पताल लगायतलाई तयारी अवस्था रहन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

यस्तै, काठमाडौंका सबै सरकारी तथा निजी अस्पताललाई पनि बिरामी देखिएमा उनीहरूको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

चीनको उहान प्रान्तमा रहेका नेपालीहरू बाहिर निस्किएका छैनन् भने सरकारले उच्च सतर्कतामा बस्न आग्रह गरेको छ ।
नेपालमा हालसम्म दुई जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ भने एक जनामा संक्रमणको पुष्टि भइसकेको छ ।

चीनबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको हो । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनसँगको सबै सीमा नाकामा स्वास्थ्य सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । हाल दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । उनीहरूको अस्पतालको आइसुलेसन वार्डमा उपचार भएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक पुरुष र अर्को महिला रहेका छन् ।

दुवै जनामा ज्वरो आउने, स्वास प्रश्वासमा अप्ठेरो लगायतका समस्या देखिएपछि अस्पताल पुगेका थिए । हाल उनीहरूको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको छ । केही दिनअघि एक जनामा कोरोना भाइरस संक्रमण भएको आशंकामा टेकु अस्पताल पुगेका थिए ।

यसअघि एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरसको समूह हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया भई मानिसको मृत्युसम्म हुन्छ । चिकित्सकका अनुसार अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो । जुन पहिले मानिसमा पहिचान भएको थिएन ।
डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)को समस्या निम्त्याउँछ । नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ । नोबेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिने चिकित्सक बताउँछन् ।

गत डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट हालसम्म ६४ जनाको मृत्यू भइसकेको छ भने दुइ हजार तीन सय ९५ जना क्रिटीकल अवस्थामा छन् ।

चिनको उहानमा रहेका नेपाली त्रासमा 

कोरोनाभाइरसको संक्रमण फैलिदैं गएपछि चिनको उहान शहरमा रहेका नेपालीहरू त्रास अवस्थामा छन् । विमान मार्फत् नेपाल पुर्‍याउन उहान शहरमा रहेका नेपाली नागरिकले आग्रह गरेका छन् । उहानमा रहेका डा. रमेश आचार्यका अनुसार हालसम्म फ्रान्स, जापान, अमेरीका, वेलायत, अष्ट्रेलीयाका नागरीकहरूलाई सम्वन्धित देशका विमानले आफ्नो देश लगिसकेका छन् । उनले भने, नेपालीहरू त्रास अवस्थामा दिनचर्या बिताइरहेका छन् । कम्तिमा सरकारले नेपाल पुर्‍याइदिओस् भन्ने छ ।’सरकारले उहानमा रहेका नेपालीलाई नेपाल फर्काउने विषयमा उच्चस्तरीय छलफल भइरहेको जनाएको छ । हाल उहानमा एक सय बढि नेपाली नागरिक छन् । राजधानी दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x