×

NMB BANK
NIC ASIA

लेनदेन विवादको उग्र रूप, पेट्रोल छर्केर जिउँदै जलाए श्रीमतीलाई

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याउँदा नै उनको मृत्यु भइसकेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘प्रारम्भिक अनुसन्धानले घटनामा पारिवारिक लेनदेन प्रमुख कारण रहेको देखाउँछ, घटनाका विषयमा अन्य पाटोबाट समेत अनुसन्धान जारी छ,’ सिराहाका एसपी चतुर्वेदीले राजधानीसँग भने ।
मृतक अनिताकी श्रीमान् विनोद मलेसियामा तीन वर्ष बसेर केही समयअघि मात्रै घर फर्केका थिए, विदेशबाट कमाएर पठाएको चार लाख रुपैयाँ हिनामिना गरेको भन्दै अनितालाई पैसा फिर्ता माग्न दबाब दिँदै आएका थिए ।

Vianet communication
Laxmi Bank

उनले आफूले पठाएको पैसाले ससुरा अशोककुमार यादवले सासूको नाममा ५ कट्ठा जग्गा किनेको र आफूले पैसा नपाएको भन्दै श्रीमतीलाई पैसा फिर्ता माग्न दबाब दिँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो । निरन्तरको दबाबपछि ससुराले ३ लाख फिर्ता गरे पनि बाँकी रकम फिर्ता नगरेको पाइएको छ ।

तर, मृतक अनिताका बाबु अशोकुकमारले भने आफूमाथिको आरोप सत्य नभएको बताए । उनले जग्गासहितका सम्पत्ति भागबन्डाको कुरा उठाउँदा परिवारै मिलेर आफ्नो छोरीको हत्या गरेको दाबी गरे ।

‘यो घटना अंशबन्डाको विवादका कारण भएको हो, जेठो दाइको नाममा रहेको जग्गासहितका सम्पत्ति भागबन्डा गर्ने कुरा छोरीले नै उठाएकी थिइन् । यसैकारण परिवार नै मिलेर हत्या गर्ने योजनासहित आगो लगाए,’ अशोकले भने ।

अनिताले घाइते अवस्थामा विराटनगर अस्पतालमा रहँदा नै श्रीमान्सहित परिवारले मिलेर पेट्रोल छर्केर आगो लगाइदिएको बयान दिएको समेत उनले दाबी गरे ।

‘छोरीले विराटनगर अस्पतालमा प्रहरीलाई दिएको बयानमा परिवार नै मिलेर आगो लगाएको भनेकी छन, अरु हामीलाई थाहा छैन, हामीले छोरी गुमायौं,’ अशोकले थपे ।
तर, अनिताको घर पक्षले भने माइती पक्षलाई नै घटना हुनुको मुख्य कारण देखाएको छ । उनका श्रीमान्ले आफू विदेश रहँदा कमाएर पठाएको पैसाको श्रीमतीले हिसाब–किताब नराखेको र माइती पक्षले

मनोमानी ढंगबाट पठाएको पैसा हिनामिना गरेको कारण घटना भएको बताएका छन् ।

प्रहरीले भने घटनामा अन्य व्यक्तिगत कारणसमेत रहेको हुन सक्ने बताएको छ ।

‘घटनामा लेनदेनसहित व्यक्तिगत अन्य कारणहरू पनि रहेको देखिन्छ, श्रीमान् र श्रीमतीबीच असमझदारी र अविश्वास पनि रहेको घटनाले देखाउँछ,’ प्रहरीले भनेको छ । प्रहरीले विनोदलाई आइतबार नियन्त्रणमा लिएको हो । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x