मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हुबेई प्रान्तस्थित वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा चीनका विभिन्न ठाउँमा रहेका नेपाली आत्तिन थालेका छन् । सार्वजनिक यातायात, विश्वविद्यालय, भोजनालय, पर्यटकीय स्थलहरू बन्द गरिँदा र सतर्कता व्यापक बनाइँदा उकुसमुकुस हुन थालेको उनीहरूले बताएका छन् ।
कोरोना भाइरसका कारण मृतकको संख्या निरन्तर बढिरहेकाले स्थिति झनै जटिल बन्ने हो कि भन्ने चिन्ता यहाँ रहेका नेपालीमा देखिएको छ । मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले चिन्ता लिनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।
वुहानको ह्वाचोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय (हस्ट) अन्तर्गत थुङ्ची मेडिकल कलेजका सर्जन गौरव पोखरेलले चीनले जिम्मेवारपूर्वक ढंगले सतर्कता अपनाइरहेको बताए । ‘नेपालस्थित घरपरिवार र यहाँको कलेजसँग निरन्तर सम्पर्कमै छौं,’ उनले भने, ‘सरकारले स्वास्थ्यसम्बन्धी विवरण दिइरहेको छ, मास्क बाँडिएकै छ । चिन्तित हुनुपर्ने कुनै कारण छैन ।’ उनले विश्वविद्यालयको हाताभित्रै खानपिनका सामग्री पाइने सुपरमार्केट रहेकाले छात्रावासबाट बाहिर निस्किराख्नुपर्ने अवस्था नरहेको पनि बताए ।
पोखरेलका अनुसार मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले आतंकित बनेका विद्यार्थी र श्रमिक नेपालीलाई सम्झाइरहेका छन् । कोरोना भाइरस संक्रमणको त्रासका कारण विभिन्न देशले आफ्ना नागरिक चीनबाट फिर्ता लैजान पहल गरिरहेका कारण नेपाल सरकारले पनि आफूहरूलाई फिर्ता लगिदिए हुन्थ्यो भन्ने नेपाली विद्यार्थीलाई लागेको पोखरेलको भनाइ छ । ‘अरू देशका नागरिक फर्किन लागेको सुनेर नेपालीलाई पनि फर्कूंफर्कूं लागेको हुन सक्छ,’ उनले भने, ‘चीनले यहाँबाटफर्किने विदेशीहरूलाई पनि जाँच गरेर मात्रै पठाउँछ ।’
चोङनान युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड ल मा अध्ययनरत लोकन्थलीका आयुर फुयालले हल्लाले डर फैलाइरहेको बताए । ‘धेरै विद्यार्थी छिट्टै नेपाल फर्किन पाए हुन्थ्यो भन्ने मनस्थितिमा छन् । यो सबै फेक (गलत) समाचारका कारण भएको हो,’ उनले भने, ‘नेपाल फर्किनु मात्रै समस्याको समाधान होइन । यहाँ विश्वविद्यालयले मास्क, ह्यान्डवास, डिटोल, स्प्रे दिएर राम्रै हेरचाह गरिरहेको छ ।’
थोङची मेडिकल कलेजमा श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन पढिरहेका अनिश भुसालले पनि मेडिकल विषय नबुझेका मानिसहरू आत्तिएको बताए । ‘यो भाइरसबारे निश्चित तथ्य नआउन्जेल आत्तिएर मात्रै केही हुँदैन । बरु चिकित्सकले सुझाएका उपाय निरन्तर पालना गर्दै संयमित हुनु जरुरी छ,’ उनले भने ।
बेइजिङस्थित नेपाली दूतावासले भाइरस उद्गमस्थल वुहानमा रहेका सयभन्दा बढी विद्यार्थी तथा कामदारहरूको सामूहिक वीच्याट एकाउन्ट बनाएर समन्वय गरिरहेको छ । त्यही समूहमा नेपालीले स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी आदानप्रदान गरिरहेका छन् ।बेइजिङस्थित दूतावासका द्वितीय सचिव दीपक विकले वुहानमा रहेका नेपालीले उद्धारका लागि के पहल भइरहेको छ भनेर सोधिरहेको बताए । ‘यस विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएर निर्देशन पर्खिरहेका छौं,’ उनले भने । उनले परराष्ट्र मन्त्रालयलाई कोरोना प्रभावित क्षेत्र र नेपालीको अवस्थाबारे पनि रिपोर्ट पठाएको जानकारी दिए ।
नेपाली निकायहरू सतर्क
वुहानमा कोरोना भाइरस फैलिएलगत्तैआफ्ना नागरिकको सहयोगका लागि बेइजिङस्थित नेपाली दूतावासको समन्वयमा गत बिहीबारदेखि चीनका विभिन्न ठाउँमा हटलाइन सञ्चालन गरिएका छन् । सांघाई, क्वाङ्चौ, ल्हासा, हङकङलगायत निकायमा एक–एक जना अधिकारीलाई कोरोना पीडितको गुनासो सुन्ने जिम्मेवारी तोकिएको छ । कुनै पनि नेपालीबाट आफूमा कोरोनाको संक्रमण देखिएको जानकारी नआएको ती निकायले बताएका छन् ।
बेइजिङस्थित दूतावासमा हटलाइनको जिम्मेवारी लिएका द्वितीय सचिव विकले वुहानसँगै सांघाई, वुहान, वुहानका निकटवर्ती सहर, बेइजिङ आसपासका क्षेत्र, हुबई प्रान्त, थ्येनचिनलगायतका सहरबाट कोरोना भाइरसबारे जिज्ञासा आएको बताए । उनले वुहानको स्थानीय सरकार, स्थानीय विदेश मामिला कार्यालय र चिनियाँ केन्द्रीय सरकारअन्तर्गत विदेश मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।
व्यापारिक सहर सांघाईस्थित अवैतनिक महावाणिज्य दूतावासमा चिनियाँ नागरिक जेनेट लीले हटलाइनको जिम्मा लिए पनि नेपालीले बेइजिङमै सम्पर्क गरिरहेका छन् । तिब्बतको ल्हासास्थित वाणिज्यदूत जिम्सन रूम्दालीले हटलाइन खोलिएयता कुनै पनि नेपाली नागरिकका तर्फबाट कोरोना भाइरस संक्रमणबारे खबर नआएको बताए । उनले कुनै तिब्बतीमा पनि अहिलेसम्ममा यस्तो संक्रमणबारेको समाचार नसुनिएको बताए । तिब्बतमा रहेका नेपालीलाई सूचना निकालेर नै भाइरस सचेतनासम्बन्धी जानकारी दिइएको उनको भनाइ छ । ‘वीच्याटबाट सतर्कतासम्बन्धी सूचनाहरू सम्प्रेषण गरिएका छन्,’ उनले भने ।
नेपालीहरू वैदेशिक रोजगारीका लागि वा पुस्तौंदेखि नै स्थायी रूपमा तिब्बतमा बसोबासरत छन् । त्यहाँ हिल्सा, केरुङलगायतका सीमा क्षेत्रबाट व्यापार वा कामका सिलसिलामा नेपालीको आउजाउ चलिरहेको हुन्छ ।
नेपालीको बाक्लो व्यापारिक उपस्थिति रहने क्वाङ्चौमा पनि महावाणिज्य दूतावासले हटलाइन सेवा चलाइरहेको छ । हङकङसँग सीमा जोडिएकाले अधिकतर नेपालीले उतै खबर गर्ने र वसन्त चाडको बिदाका कारण नेपाली सबैजसो घर फर्किएकाले अहिलेसम्म कुनै खबर नआएको वाणिज्यदूत कुञ्जन साहले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...