काँग्रेस बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

नेपाली काँग्रेसको सोमबार बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सहभागी हुने भएका छन् ।

पार्टीको १४औँ महाधिवेशनको मिति तय गर्ने, विभाग गठन गर्ने, विधान निलम्बन गर्ने, भ्रातृ सङ्गठनको अवधि थप र नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग मतभिन्नता बढेपछि मङ्सिर २६ गतेको कार्यसमिति बैठक पौडेलले बहिष्कार गर्दै आएका थिए ।


Advertisement

वरिष्ठ नेता पौडेलले सहमतिलाई कार्यान्वयन गर्नका लागि गृहकार्य भइरहेको छ, नमिलेका विषयमा बैठकमै छलफल गर्ने जानकारी दिए।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा सहमति खाका तयार भएपछि त्यसलाई लिपिबद्ध गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र रमेश लेखक दुई दिनयता व्यस्त छन्। गोरखापत्र दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्