नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतलनिवासमा सपथग्रहण गरेका छन् ।

सोमवार बिहान ११ बजे सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् ।


Advertisement

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ दलका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

शीतलनिवासभित्र सपथग्रहण चलिरहँदा बाहिर भने सापकोटाविरुद्ध प्रदर्शन चलिरहेको थियो । प्रदर्शन गर्ने केहीलाई प्रहरीले हिरासतमा लिएको छ ।


Advertisement

सापकोटालाई आइतवार बसेको प्रतिनिधि सभाको बैठकले सभामुखमा निर्विरोध निर्वाचन गरेको थियो ।  

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्