कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हालेका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबारस्थित संसद सचिवालयमा रहेको कार्यकक्षमा पुगेर सापकोटाले कार्यभार सम्हालेका हुन् ।
सपथग्रहण समारोहमा सहभागी हुँदा सापकोटाले दौरा सुरुवाल लगाएका थिए । नेकपाभित्र पूर्व माओवादी खेमाका धेरै नेताहरु ‘महेन्द्रवादी पोसाक’ भन्दै दौरा सुरुवाल लगाउन आनाकानी गर्छन ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म दौरा सुरुवाल लगाएका छैनन् । दुईपटक प्रधानमन्त्री बनेको समयमा उनले कोट पाइन्ट र भादगाउँले टोपी लगाएका थिए । उनी अहिले पनि धेरैजसो कार्यक्रममा टाई, कोट र टोपी लगाउने गर्छन् ।
माओवादी पृष्ठमूमिका पूर्वप्रधामनन्त्री डा. बाबुराम भट्टराईले पनि दौरा सुरुवाल लगाउने गरेका छैनन् । गतवर्ष पूर्व-पश्चिम यात्राका क्रममा कर्णालीमा पुगेर भट्टराईले दौरा सुरुवाल त लगाए तर यसलाई 'खसको पोशाक' नामाकरण गरे ।
गृहमन्त्री रामबहादुर थापा 'बादल', वन तथा भू-संरक्षणमन्त्री शक्ति बस्नेतले यदाकदा दौरा सुरुवाल लगाउने गरेको भएपनि सरकारमा सहभागी ऊर्जामन्त्री वर्षमान पुनले पनि दौरा सुरुवाल लगाउँदैनन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीको निर्देशनविपरित पूर्वमाओवादी कोटाका केही मन्त्रीले दौरा सुरुवाल लगाउन आनाकानी गरेका थिए ।
सोमवार सभामुखको सपथग्रहण कार्यक्रममा सापकोटाले सेतो दौरामाथि खैरो रंगको कोट र भादगाउँले कालो टोपी लगाएका थिए । यसअघि सार्वजनिक कार्यक्रममा सापकोटा दौरा सुरुवालमा देखिएका थिएनन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...