×

NMB BANK
NIC ASIA

आउँदो वैशाखमा प्रदेश पाँच सरकारले लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनको पूवर्तयारीस्वरुप छलफल सकेर प्रदेश सरकारले लगानीकर्तालाई आकर्षित गर्न वैशाखमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

Muktinath Bank

सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सम्मेलनको अवधारणा तय गर्दै वैशाखको ५ गते सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक श्रोतको पहिचान र परिचालन गर्नका लागि लगानी सम्मेलन आयोजना गर्न लागेको उनले बताए । प्रदेश सरकारले स्वदेशी निजी पूँजी एवम् प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने र प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने उदेश्य लिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

सरकारले सम्मेलनबाट प्रदेशको लगानीको लागि आवश्यक श्रोतको न्यूनतम पूर्ति गर्न सहयोग पुग्ने, स्वदेशी निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी, नविनतम प्रविधि एवम् ज्ञान परिचालन हुने अपेक्षा गरेको छ ।

Vianet communication
Laxmi Bank

लगानी सम्मेलनबाट कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधार भई प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा पनि सरकारले गरेको मन्त्री चौधरीले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गर्ने सम्मेलनमा स्वदेशी, विदेशी लगानीकर्ता, नेपाल सरकारका सरोकारवाला निकाय तथा प्रतिनिधि, निजी क्षेत्रका छाता संगठनहरु, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपालीहरु, विषय विज्ञहरु, जनप्रतिनिधिलगायतलाई सहभागी गराउने निर्णय पनि बैठकले गरेको मन्त्री चौधरीले बताए । मन्त्रिपरिषद बैठकले लगानी सम्मेलनलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति बनाएको छ ।

जसमा सबै मन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष, नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष, घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेका छन् । यस्तै बैठकले लगानी सम्मेलन व्यवस्थापन तथा सहजीकरण गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा प्रमुख सचिव, मन्त्रालयका सचिवहरु, प्रदेश योजना आयोगका सदस्यसमेत सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य सचिव रहेको व्यवस्थापन तथा सहजीकरण समिति गठन गरेको छ ।

यस्तैगरी बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीको संयोजकत्वमा प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, प्रदेश स्तरीय निजी क्षेत्रका प्रतिनिधि सदस्य र प्रदेश योजना आयोगका सदस्य सदस्य सचिव रहने गरी परियोजना तयारी समिति गठन गरेको छ ।

लगानी सम्मेलनको प्रचारप्रसार गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार, पत्रकार महासंघका प्रदेश अध्यक्ष, राष्ट्रिय समाचार समितिका प्रदेश प्रमुख र सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य रहेको प्रचार प्रसार समिति गठन गरेको चौधरीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x