सीके राउत भन्छन्, ‘नेकपा, कांग्रेस र मधेसी दल म्याद गुज्रेका औषधि’

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा, कांग्रेस, नेकपा र मधेसीदलका नेताहरू चर्को आलोचना गरेका छन्।

सोमबार भैरहवामा आयोजित कार्यक्रमममा राउतले कांग्रेस, नेकपा र मधेसीदलका नेताहरुलाई म्याद गुज्रेकोे औषधि सरह रहेको आरोप लगाए । ३० वर्ष देखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने उनको भनाइ छ। 


Advertisement

नेकपाले महरालाई, कांगे्रसले अफताबलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकोले पार्टीले मधेसीलाई कहिले पनि संरक्षण नगर्ने बताउँदै उनले राजनितिक दलहरूको कडा आलोचना गरे ।

‘अहिलेका यी पार्टीहरु कबाडी खिया लागेको पार्टी जस्तै छ । इन्जिन विग्रेको कबाडी गाडी रहेकोले यसमा बस्न पनि नहुने यदी बसी हालेको भए पनि बीच बाटोमै विग्रिने निश्चित रहेको छ,’ राउतले भने ।


Advertisement

मधेशका ७१ मन्त्री बने पनि अहिलेसम्म शहिदको कुनै सपना पुरा नहुनु नै दुर्भाग्य भएकोले जनमत पार्टी साधुको पार्टीको रुपमा मधेश अधिकारको लागि आएको उनले बताए । जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले जनताको पार्टीको रुपमा कुनै पार्टी नभएर भगौडे र आयातित पार्टी रहेको बताए।

जनमत पार्टीका नेता नरेन्दै चौधरी, संजय यादव, चन्द्र शेखर वर्मा, रुपन्देही जिल्ला अध्यक्ष भुपेन्द्र यादव लगायतले मधेशवादी पार्टीले मधेशी सहिद र मधेशसँग गद्दारी गरेको बताउदै नेकपासँग राजपाको गठबन्धनलाई दलाली रहेको बताए ।

सभा अगावै रुपन्देहीको विभिन्न क्षेत्रबाट -याली सहित नेता कार्यकर्ता र आम सवैसाधरण सभा स्थल भैरहवाको गल्लामण्डी हनुमान मन्दिर प्राङगढ पुगेका थिए ।
 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्