घरवासलाई उत्पादनसँग जोड्नुपर्छ :उपसभामुख शर्मा

 गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले घरवासलाई उत्पादनसँग जोड्न सके ग्रामीण क्षेत्रको समृद्धि र विकास सम्भव हुने बताएकी छन्।

पोखरा महानगरपालिका–२३ स्थित घाँटीछिना बराङ र पञ्चासे सामुदायिक घरवास (होमस्टे)को उद्घाटन तथा पर्यटन वर्ष २०२० सफल पार्न होमस्टेको भूमिका विषयक अन्तर्क्रियामा उनले उत्पादनसँग घरवास जोड्न सकेमा ग्रामीण जनताको आयआर्जन सँगसँगै बढाउन सकिने बताइन्।


Advertisement

घरवासको प्रवद्र्धन र विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले यसका लागि पूर्वाधार विकासलगायतका काममा अनुदानसमेत दिइरहेको बताइन्। पर्यटकले स्थानीयबाट राम्रो आतिथ्यता एवं स्वस्थ्य प्राङ्गारिक उत्पादन खान चाहने बताउँदै उनले त्यस कुरालाई लक्षित गरी स्थानीयवासीलाई आवश्यक तालीम दिनुपर्नेमा जोड दिइन्।

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्