पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु : तुम्बाहाम्फे

पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले  पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी छन्।

दोलखा पुगेकी पूर्वउपसभामुख तुम्वाहाम्फेले साेमबार चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताइन्।


Advertisement

आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उनले बताइन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्