छोरी शिक्षा बीमाप्रति आकर्षण बढ्दो, १० दिनमा ५ हजार छोरी बिमित

प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ ।

यही माघ २ बाट प्रदेशका ८ वटै जिल्लाामा सञ्चालन गरेको शिविरमार्फत अहिलेसम्म ५ हजारभन्दा बढी छोरी बिमित भएका छन् । 


Advertisement

२०७५ माघ १ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरिदिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्