रहेनन् महान् बास्केटबल खेलाडी कोबी

अमेरिकाका महान् बास्केटबल खेलाडी कोबी ब्रायन्टको लस एन्जल्समा हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

सो दुर्घटनामा ४१ वर्षीय ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियानाको पनि ज्यान गयो । सो दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो । 


Advertisement

ब्रायन्टको छबि बास्केटबलका जादूगर खेलाडीका रूपमा रहेको छ । ब्रायन्टले लस एन्जल्स लेकर्सको जर्सीमा पाँच पटक एनबीए च्याम्पियन जितेका थिए ।

सन् १९९६ मा व्यवसायिक बास्केटबलमा पर्दापण गरेका ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए  । 


Advertisement

उनको नाममा दुई ओलम्पिक स्वर्ण पदक पनि रहेको छ ।

सन्यास लिंदा ब्रायन्ट तेस्रो सर्वाधिक स्कोरका रूपमा थिए । एनबीएमा उनले १३४६ खेलमा ३३६४३ स्कोर गरेका थिए ।  गोरखापत्र दैनिकमा खबर छ ।  
 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्