×

NMB BANK
NIC ASIA

१८ वर्षीया यी गायिकाले जितिन् पाँच अवार्ड

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गीतसंगीत विधाको सबैभन्दा ठूलो मानिने ग्रामी अवार्डको ६२औं संस्करण लसएन्जलसमा आइतबार अबेर राति सम्पन्न भएको छ । अमेरिकाका महान् बास्केटबल खेलाडी कोबी ब्रायनलाई श्रद्धाञ्जलि दिँदै २०२० को ग्रामी अवार्ड समारोह शुरू भएको थियो ।

Muktinath Bank

सबैभन्दा धेरै आठ विधामा मनोनयनमा परेको लिज्जोको ट्रुथ हर्ट्सलाई बेस्ट पप सोलो परफार्मेन्ससहित तीन अवार्ड प्राप्त भयो । १८ वर्षीया पपगायिका बिली एलिसले पाँच ग्रामी अवार्ड जितिन् । उनी ६ विधामा मनोनयनमा परेकी थिइन् । बिली यस पटक अवार्ड जित्ने सबैभन्दा कम उमेरकी गायिका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिलीले बेस्ट न्यु आर्टिस्ट, सङ अफ दी इयर, रेकर्ड अफ दी इयर र एल्बम अफ दी इयरको अवार्ड आफ्नो पोल्टामा पारिन् । ग्रामी अवार्डको सञ्चालन १५ पटक ग्रामी जित्ने एलिसिया किजले गरेका थिए । मिसेल ओबामालाई बेस्ट स्पोकन वर्ड एलबम अवार्डबाट सम्मानित गरियो ।


Advertisment
Nabil box
Kumari

१८ डिसेम्बर २००१ मा लसएन्जलसमा जन्मेकी बिली गीतकार म्यागी बेअर्ड र अभिनेत्री अभिनेता ओकानेलकी छोरी हुन् । बिलीलाई संगीत र गीत लेख्न उनकी आमाले सिकाएकी हुन् । चार वर्षको उमेरमा बिलीले पहिलो गीत लेखेकी थिइन् । आठ वर्षमा उनले म्युजिक ट्यालेन्ट सोमा भाग लिएकी थिइन् । ग्रामी अवार्डको इतिहासमा पहिलो पटक युवा गायिका ६ विधामा मनोनीत भएकी हुन् र पहिलो पटक पाँच अवार्ड जितिन् ।

Vianet communication
Laxmi Bank

बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनससँग ग्रामी अवार्डको रेड कार्पेटमा पुगेकी थिइन् । उनले फरक तरिकाले बास्केटबल खेलाडी कोबी ब्रायनलाई   श्रद्धाञ्जलि दिइन् । प्रियंकाले आफ्नो दाहिने हातको औंलाको नङमा कोबीको जर्सी नम्बर ‘२४’ लेखेकी थिइन् ।

ग्रामी अवार्डको रेड कार्पेट सेलिब्रिटीको फेसन स्टेटमेन्टले रंगिएको थियो । सबैभन्दा धेरै ध्यान अरब फेसन काउन्सिलकी दूत मेगन पोर्मरले खिचिन् । उनले जुन पोसाक लगाएर रेड कार्पेटमा ¥याम्प नप्दै थिइन् त्यसमा ‘नो वार लभ इरान’ लेखिएको थियो । ड्रेसमा अमेरिका र इरानको झन्डा कोरिएको थियो । गायिका तथा गीतकार जय विला रातो पहिरनमा थिइन् जसमा ट्रम्प २०२० लेखिएको थियो ।

लिज्जो र बिली एलिस पहिलो पटक मनोनयनमा परेका हुन् । दुवैले पहिलो पटक ग्रामीको स्टेजमा आफ्नो प्रस्तुति दिएका थिए । रियल लाइफको जोडी ग्वेन स्टेफनी र ब्लेक सेल्टनले पनि समारोहमा पहिलो पटक प्रस्तुति दिएका थिए । प्रियंकाका पति निकले आफ्ना भाइसँग स्टेजमा प्रस्तुति दिए । उनले आफ्ना नयाँ गीत ‘फाइभ मोर मिनेट्स’ र ‘ह्वाट अ म्यान गोटा डु’ गाए । प्रस्तुतिको क्रममा निकको दाँतमा अड्किएको खानेकुरा देखिएपछि उनी लज्जित हुनु परेको थियो । यसपछि दर्शक उनलाई ट्रोल गर्न लागे ।

निकको यो भिडियो सोसल मिडियामा निकै भाइरल भयो । निक आफैंले सोसल मिडियामा लेखे, ‘कम से कम अब सबैलाई जानकारी भयो कि म पनि हरियो सागपात खान्छु ।’ जोनास ब्रदर्सलाई उनको गीत ‘सकर’ का लागि बेस्ट पप डुओर ग्रुप परफर्मेन्स विधामा मनोनयन गरिएको थियो । कार्यक्रममा प्रियंका राल्फ र रुसोको डिजाइन लगाएर पुगेकी थिइन् ।   अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x