×

NMB BANK
NIC ASIA

उचित सेवासुविधा माग्दै पृथ्वीनारायणका प्राध्यापक आन्दोलित, पठनपाठन अवरुद्ध

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापक विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् ।

Muktinath Bank

प्राध्यापकको आन्दोलनका कारण सयौं विद्यार्थीको पढाइ अवरुद्ध हुन पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइले आफ्ना माग सम्बोधनका लागि दबाब दिन मंसिर २९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।


Advertisment
Nabil box
Kumari

माग सम्बोधन नभएपछि राजीनामाको चेतावनी दिँदै आंशिक प्राध्यापकले २ दिनयता कक्षा बहिस्कार गरेरै क्याम्पस प्रशासन अगाडि निरन्तर धर्ना दिएका छन् ।

Vianet communication
Laxmi Bank

इकाइ अध्यक्ष सुनील गौतमले सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिई प्राध्यापन पेशामा लगाइएपछि ‘समान कामको, समान ज्याला’ माग्दै आन्दोलन गर्न बाध्य भएको बताए । उनले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नहुने बताए ।

इकाइ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मी १३ वर्षदेखि आंशिक प्राध्यापन गर्दैआएका छन् । उनी क्याम्पसमा एक मात्र विषय फिजिक्स (विज्ञान संकाय) पढाउँछन् । रेग्मीले भने, ‘विगतमा पनि आन्दोलन भएको हो तर यस सम्बन्धमा कार्यदल गठन गरी गर्ने सहमति बमोजिम आन्दोलन स्थगित हुने गरेको थियो । प्रतिवेदन सार्वजनिक नगर्ने र हामीहरूलाई सधैं भुलभुलैयामा राख्ने गरेकोले यसपालि कडारुपमा प्रस्तुत भएका छौं ।’

रिक्त दरबन्दी करार स्वीकृतिमा ल्याउने र बाँकीलाई मासिक तलब दिने गरे तत्काल आन्दोलन रोकेर कक्षा कोठामा जान सकिने रेग्मीले बताए । 

पोखराकै जेठो तथा ठूलो क्याम्पस पृथ्वीनारायणमा पूर्णकालीन र आंशिक गरी ५४९ जना प्राध्यापक छन् । तीमध्ये २१८ जना आंशिक छन् । कक्षा बहिष्कार गरेका आंशिक प्राध्यापकले सोमवारदेखि बिहानी सत्रमा बिहान ६ देखि साढे ९ बजेसम्म र दिवासत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म प्रशासनमा धर्ना दिने गरेका छन् । उनीहरूले यसअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

क्याम्पसले नियमित कक्षा सञ्चालन भइरहेको र कोर्स नसकिएको अवस्थामा समेत कक्षा बन्दको सूचना जारी गरी पठनपाठन भएको दिनको समेत तलब नदिने गरेको आंशिक प्राध्यापकको गुनासो छ ।

क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापा आंशिकको समस्या विशेषखालको भएको बताउँछन् । ‘यो समस्या विकराल समस्या हो तर पनि समाधान मसँगै छैन । त्रिविले यो विषयमा चासो दिँदैन । स्नातक कोर्स २ वर्षेबाट ४ वर्षे बन्यो । स्नातकोत्तरको कक्षा सेमेस्टरमा छ, जसका कारण बढी प्राध्यापक आवश्यक छ तर माथि बस्नेहरूले समस्या बुझेका छैनन्,’ उनले भने ।

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष राजन शर्माले आशिंक प्राध्यापकको समस्या जटिल रहेको स्वीकार गर्दै यसका नाममा विद्यार्थीको पठनपाठन रोकिन नहुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x