कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासमा भ्रमण वर्ष २०२० को प्रचार प्रसार

भारतको कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासमा भ्रमण वर्ष २०२० को प्रचार प्रसार एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रचार प्रसार गर्न महावाणिज्यदूतावासद्वारा कलकत्ताको दुर्गापुरमा प्रवर्द्धनात्मक एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।


Advertisement

कार्यक्रममा दुर्गापुर नगरपालिकाका काउन्सिलर तथा पदाधिकारीहरू, रानीगंज चेम्बर अफ कमर्शका अध्यक्ष सन्दिप भालोसिया लगायत अन्य पदाधिकारी, प्रहरी कमिशार, दुर्गापुरका पर्यटन क्षेत्रमा संलग्न होटेल व्यवसायी, पत्रकार, ट्राभल एजेन्सीका प्रतिनिधिहरू, टुर अपरेटरहरू र दुर्गापुरमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूसमेत करीब १ सय २० जना सहभागीहरूको उपस्थिति थिए ।

कार्यक्रममा महावाणिज्यदूत एकानारण अर्यालले नेपाल सरकारको सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेकाले यस वर्ष भ्रमण गर्ने पर्यटकलाई पर्यटनसँग आबद्ध संघ संस्थाहरूले विभिन्न छुटसहित प्रवर्द्धनात्मक कार्यक्रमहरू राखेकोबारे समेत जानकारी गराएका थिए ।


Advertisement

महावाणिज्यदूत लगायत दूतावासका पदाधिकारीहरूले अन्तरक्रियाको क्रममा उपस्थित सहभागीहरूले राखेको पर्यटकको सुरक्षा, सञ्चार, तथा आपतकालीन उद्दारसम्बन्धी प्रश्न तथा जिज्ञासाहरूको जवाफसमेत दिएका थिए ।

कार्यक्रममा नेपालको पर्यटकीय महत्त्वका क्षेत्रहरू, हिमाल, पदमार्ग, वन्यजन्तु, धार्मिकस्थल, मठमन्दिर सम्बन्धी सूचनामूलक भिडियो प्रोजेक्टरबाट प्रचारप्रसार गर्नुको साथै कार्यक्रमका सहभागीहरूलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो सहितका टोपी तथा ब्याचको साथै पर्यटन सामग्रीहरूको वितरणसमेत गरिएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्