×

NMB BANK
NIC ASIA

संसदमा 'धक्का' प्रकरण - ओलीले के बोले, देउवाले के बुझे ?

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मंगलवार प्रतिनिधि सभा बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२० को प्रसंग निकाले ।

Muktinath Bank

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षलाई प्राकृतिक रूपमा धक्का लागेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नयाँ वर्षलाई हामीले नेपाल भ्रमण वर्षका रूपमा अगाडि सारेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा शुरूमै हामीले केही धक्काका संकेत देखेका छौं । प्राकृतिक हिसाबले देखापरेका छन्, जसलाई सावधानीपूर्वक अघि बढ्नुपर्ने छ, सरकार त्यसको तयारीका रूपमा लागेको छ ।’ 


Advertisment
Nabil box
Kumari

धक्काको कुरा गरेपनि भ्रमण वर्षलाई कसरी धक्का लाग्यो भनेर विस्तृतमा भने प्रधानमन्त्री ओलीले खुलाएनन् ।

Vianet communication
Laxmi Bank

नेकपाका एक सांसदले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण पर्यटन भ्रमण वर्षमा धक्का लाग्न सक्ने प्रधानमन्त्रीको आशय हुनसक्ने बताए ।

तर प्रधानमन्त्रीले प्रयोग गरेको 'धक्का' शब्द प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुझेनन् । ओलीले सम्बोधन गरेकै रोष्ट्रममा उभिएर देउवाले प्रश्न गरे, 'प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभयो, मैले नयाँ कुरा सुने । कसले धक्का दिन सक्छ हामीले पनि हेरौं । कसले दिँदैछ प्रधानमन्त्रीले भन्नुभएको छैन ।’

सम्बोधन सकेर बेलमा फर्केपछि ओली र देउवाबीच केहीबेर भलाकुसारी भयो । देउवा आफ्नो सीटमा बसेपछि देउवातर्फ फर्केर ओलीले केही कुरा भनेका थिए । उनीहरूको ठट्टा सुनेका मन्त्री र सांसदहरू हाँसेको दृश्य देखिएको थियो ।

देउवाको सम्बोधनलगत्तै राष्ट्रिय जनता पार्टी (राजपा)का महेन्द्रराय यादव बोल्न थालेपछि प्रधानमन्त्री ओली उठेर आनो कार्यकक्षतर्फ लागेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x