फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
छिमेकी चीनको उहानमा शुरूभएको नोबेल कोरोना भाइरसको सङ्क्रमणका बिरामी नेपालमा पनि भेटिएको पुष्टि भएपछि नियन्त्रणका लागि सरकारले गृहकार्य तीव्र पारेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियन्त्रणका लागि गृहकार्य अगाडि बढाएको हो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, 'अन्यत्र भाइरस नफैलियोस् भन्ने उद्देश्यले काम तीव्र पारिएको छ ।'
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । बाहिरबाट आउने यात्रुलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखियो भने सीधै विमानस्थलबाट अस्पताल पुर्याइने प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले विमानस्थलको थर्मल स्क्यानरमा ज्वरोका बिरामी देखिए एम्बुलेन्समार्फत अस्पताल पु¥याउने व्यवस्था गरेको बताए। उनले भने, 'विमानस्थलमा थप स्वास्थ्यकर्मीको व्यवस्था गरेर स्वास्थ्य परीक्षण समेत शुरू गरिएको छ ।'
उनले नेपालमा एकजनाबाहेक अन्यलाई कोरोना भाइरस नदेखिएको जानकारी दिए। चारजनाको परीक्षण गरिएकोमा तीनजनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । प्रवक्ता श्रेष्ठले भने, 'अन्यत्र नफैलियोस् भनेर गम्भीरताका साथ काम गरिरहेका छौँ ।' चीनमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भइसकेको छ । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्नसमेत थालिएको जानकारी दिए। यसअघि नेपालमा आवश्यक केमिकल नहुँदा कोरोना भाइरसको आशङ्कामा परीक्षण गर्न हङ्कङ पठाइएको थियो । हङ्कङ पठाइएको व्यक्तिको नमुना कोरोना भाइरस पुष्टि भएको थियो ।
मानव जातिमा पहिलो पटक
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस पशुहरूबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा सर्ने गर्दछ । मन्त्रालयका प्रवक्ता श्रेष्ठले चीनमा नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको भन्दै मानव जातिमा भने पहिलो पटक चीनको उहान प्रान्तमा देखिएको बताए। उनले कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारका तीव्र स्वासप्रश्वास सङ्क्रमणसम्म गराउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताए । चीनमा पहिलो पटक देखिएको भाइरस हाल १९ वटा देशमा देखापरिसकेको छ ।
प्रवक्ता श्रेष्ठले नेपालमा कोरोना भाइरस सर्न नदिन उच्च सतर्कता अपनाइएको उल्लेख गर्दै भाइरसले नेपाललाई पार्न सक्ने असरलाई ध्यान दिई विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको जानकारी दिए। उनले काठमाडाैं, लुम्बिनी, पोखरा, चितवन लगायत पर्यटकीय क्षेत्रमा हेल्थडेस्क समेत स्थापना गरिसकेको बताए। उनले ती ठाउँमा आइसोलेसन वार्डको समेत व्यवस्था मिलाइसकेको जानकारी दिए। उहाँले चीनमा अध्ययनरत विद्यार्थीसँग चीनस्थित नेपाली दूतावासमार्फत विच्याट खडा गरी नियमित सम्पर्कमा रहेको उल्लेख गरे।
पुष्टि नभएपछि डिस्चार्ज
यसैबीच शुक्रराज सरुवा रोग अस्पतालमा कोरोना भाइरसको आशङ्कामा उपचार गरिरहेका दुई बिरामीलाई डिस्चार्ज गरिएको छ । उनीहरूमा कोरोना भाइरस नभएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो । अस्पताल निर्देशक डा. वासुदेव पाण्डेले दुई जनामा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । अर्का एक बिरामीको रिपोर्ट पनि नेगेटिभ आएको उनको भनाइ छ ।
चीनबाट आएका व्यक्तिको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो । चीनबाट फर्किएका एक विद्यार्थीमा यसअघि नै कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको थियो ।
के हो कोरोना भाइरस ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना एक भाइरसको समूह हो । जुन भाइरसले मानिसको श्वास प्रश्वासमा असर गर्दछ । कोरोनाले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई मृत्युसम्म पुर्याउँछ । यो पशुबाट मानिसमा सर्ने गर्दछ ।
कोरोना भाइरसका लक्षण
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरसमा ज्वरो आउने, श्वासप्रस्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने हुन्छ । कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा चिकित्सकको सल्लाह लिनुपर्ने उनको भनाइ छ ।
उनले भाइरस लाग्न नदिन नियमित रूपमा साबुन पानीले हात धुने, मास्क लगाएर हिँड्ने, गाडीमा यात्रा गर्दा सतर्कता अपनाउनुपर्ने बताए। यस्तै खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिएमा अस्पताल जान सुझाव दिए। जङ्गली तथा घरेलु पशुपन्छीबाट टाढा रहनुपर्ने उनको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...