×

NMB BANK
NIC ASIA

उखु किसानको ३४ करोड भुक्तानी हुन बाँकी, सहमति कार्यान्वयन नभएपछि आन्दोलन शुरू

माघ १५, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

नवलपरासीका चिनी उद्योगले उखु उत्पादक किसानको ३४ करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

Muktinath Bank

चिनी उद्योगहरूले उखुको रकम भुक्तानी गर्ने भन्दै बारम्बार सम्झौता गर्ने तर त्यसको पालना नगर्ने गरेका कारण अहिले नवलपरासीको कुडियास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिले १४ करोड, सुनवलस्थित लुम्बिनी चिनी उद्योगले नौ करोड एवं सुस्तास्थित बाग्मती खाडसारी तथा चिनी उद्योगले ११ करोड गरी तीन चिनी उद्योगहरूले किसानको जम्मा ३४ करोड रुपियाँ रकम तिर्न बाँकी रहेको नवलपरासी उखु उत्पादक किसान सङ्घका अध्यक्ष उमेश यादवले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत दुई वर्षदेखि यी उद्योगले ठूलो रकम तिर्न बाँकी राखेपछि प्रतापपुर गाउँपालिकाको कुडियास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिको गेटमा किसानले तीन हप्तादेखि अनशन बसेका तर सम्बन्धित निकायले सुनुवाइ नगरेपछि अनशनरत किसानले अहिले चिनी उद्योगबाट निस्कने गेटबाहिरको सडक नै भत्काइदिएका छन् । आक्रोशित किसानले उद्योगको गेटबाहिर कुनै पनि सावारी साधन निस्कन नमिल्ने गरी ठूलो खाल्डो खनेर छाडेका स्थानीय लख्खु यादवले बताए।


Advertisment
Nabil box
Kumari

प्रतापपुर गाउँपालिकास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिले करिब सात हजारभन्दा बढी किसानको पाँच हजारदेखि १५ लाख रुपियाँसम्म गरी जम्मा १४ करोड रुपियाँ तिर्न बाँकी रहेको उखु उत्पादक किसान सङ्घ नवलपरासीका अध्यक्ष उमेश यादवले बताए।

Vianet communication
Laxmi Bank

यसैगरी जिल्लाका सुनवलस्थित लुम्बिनी चिनी उद्योग एवं इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रीका सञ्चालक अहिले सम्पर्कविहीन रहेको उखु उत्पादक किसान सङ्घ नवलपरासीका अध्यक्ष यादवले बताए।

ठूला र प्रभावशाली केही किसानले उद्योगीलाई दबाब सिर्जना गरी वा तालाबन्दी गरी केही रकम पाएको भए पनि सामान्य र गरिब किसानले ऋण लिएर गरेको उत्पादन गरेको उखुको रकमसमेत नपाएको पीडित किसान धर्मेन्द्र कुशवाहले बताए।

सुनवलस्थित लुम्बिनी चिनी मिल यो वर्षको सिजनमा पनि सञ्चालन नभएपछि किसान झन् मर्कामा परेका छन् भने सञ्चालनमा आएका अन्य दुई उद्योगले रकम भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । अहिले किसान आफ्नो उखु अत्यन्तै कम मूल्यमा स्थानीय भेली उद्योगलाई बेच्न बाध्य भएको किसान लख्खु यादव बताउँछन् । पश्चिम नवलपरासीमा सानाठूला दुई सयभन्दा बढी खाडसारी छन् ।

किसान सडकमा
दुई वर्षदेखि उखुको भुक्तानी नपाएका नवलपरासीका उखु किसान आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगहरूले सरकारसंँग भएको सहमति कार्यान्वयन नगरेपछि उखु किसानहरू मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

नवलपरासी उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि चरणबद्ध रूपमा आन्दोलनमा उत्रिएको जानकारी गराउनुभयो । आन्दोलनका कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक पार्टीका प्रमुखहरूसँंग छलफल, किसान जागरण अभियान, बृहत् किसान भेला, पत्रकार भेटघाट कार्यक्रमदेखि पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्नेलगायतका छन् ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x