×

NMB BANK
NIC ASIA

न्यायिक समिति

सासुबुहारीका झगडा उपमेयरको इजलासमा : गाउँघरका विवाद मेलमिलापबाट टुंगो

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय पालिकाका झैंझगडा तथा मुद्दामामिलाको छिनोफानो मेलमिलापबाटै हुने गरेको छ ।

Muktinath Bank

बुटवल उपमहानगरपालिका लगायत सबै स्थानीय तहले मेलमिलापका माध्यमबाटै वडा तहबाट मुद्दाहरू मिलाउँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगरपालिकाले व्यवस्थित इजलास बनाएर झैझगडाको निरुपण गर्दै आएको छ । न्यायिक समितिले इजलासमार्फत् विगतमा जिल्ला अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिकाको न्यायिक समितिका संयोजक उपमेयर गुमादेवी आचार्यले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७(१) को अधिकार क्षेत्रमा पर्नेखालका विवादलाई निरुपण गरिँदै आएको बताइन् । बुटवलमा दर्ता हुने उजुुरीलाई १९ वटै वडामा रहेका मेलमिलापकर्तामार्फत निरुपण गर्दै आएको बताउँदै उपप्रमुख आचार्यले मेलमिलापकर्ताका लागि निरन्तर तालिम समेत दिइँदै आएको बताइन् ।

Vianet communication
Laxmi Bank

वडा तहमा मिल्न नसकेका उजुरीलाई इजलास बसेर पुनः मेलमिलाप केन्द्रमा पठाइँदै आएको छ । त्यहाँ पठाएपछि मेलमिलाप भएर विवाद टुंगिने गरेको उपमेयर आचार्यले जानकारी दिइन् । बुटवल उपमहानगरपालिकामा हाल ८५ जना मेलमिलापकर्ता सूचीकृत भएका छन् ।

प्रत्येक वडामा कम्तिमा ६/६ जना मेलमिलापकर्ता राखेर न्यायिक समितिका कामलाई अझ प्रभावकारी बनाउने तयारीमा उपमहानगरपालिका रहेको छ ।

कस्ता–कस्ता उजुरी पर्छन् ?

जग्गा एवं टहरा मिचेको, सडक विस्तार गरी निजी जग्गा मिचेको, जग्गा भाडा दिलाई भराई पाउँ, खान लाउन, शिक्षादीक्षा वा अंश दिलाई भराई पाउँ, संधियारको जग्गातर्फ छाड्नुपर्ने जग्गा नछाडी झ्याल राखेको, साँधमा रुख लगाई असर पुर्‍याएको, साँध सिमाना मिचेको, गाली बेइज्जती, चरित्र हत्या गरेको, जग्गा च्यापी मिची अतिक्रमण गरी हडपी घर बनाई बसेको, ध्वनि प्रदूषण गराएको, बाटो निकास पाउँ, अस्थायी घरटहरा निर्माणमा रोक लगाएको, रकम उठाई उचित न्याय दिलाई पाउँ भन्ने खालका उजुरी पर्ने गरेका छन् । घरनिकाला गरेकाले उचित न्याय पाउँ, बाटो निकास गराई पाउँ, निजी जग्गा अर्कोले च्यापी मिची खाएकोजस्ता उजुरीहरू पर्ने गरेका छन् । 

बुटवलको न्यायिक समितिले अघिल्लो आर्थिक वर्षमा ९ वटा मुद्दा फर्छ्यौट गरेको छ । न्यायिक समितिमा परेका १८ वटा मुद्दामध्ये १७ वटा मुद्दाको निर्णय भएको थियो । तीमध्ये ९ वटा मात्रै फर्छ्यौट भएका छन् । बाँकी ९ वटा मुद्दालाई चालू आवमा मेलमिलापमार्फत टुंग्याउने तयारीमा बुटवल उपमहानगरपालिकाका कानून अधिकृत तथा न्यायिक समितिका सदस्य सचिव ध्रुव भट्टराईले जानकारी दिए  । 

समितिमा २/२ वटा सम्पत्ति विवाद र घरभाडा समायोजनका मुद्दाबारे निर्णय लिएको छ भने घरजग्गामा अनाधिकृत प्रवेश गरेको, घर वा बलेसीबाट अर्काको घर जग्गामा पानी झारेको, माना चामल (आयस्ता) खर्च दिलाई भराई पाउँ, साई केन्द्रले भोग गरेको भवन, मन्दिर, संरचना, जग्गा भोग चलनमा बाधा पुर्‍याएको लगायतका १/१ वटा मुद्दाबारे निर्णय लिइएको अधिकृत भट्टराईको भनाइ छ ।

सामुदायिक मेलमिलाप केन्द्रमा हाल ४१ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये २० वटा उजुरीलाई मेलमिलाप केन्द्रले मिलाएको छ । बाँकी रहेका २१ वटा विवादमा सहमति जुटाउने पहल भइरहेको न्यायिक समितिले जनाएको छ ।

लेनदेनका ६ वटा, पतिपत्नी घरायसी झगडाका ७ वटा, ससुराबुहारी पालनपोषणको १ वटा, जग्गा सीमा विवादका ३ वटा, सासुबुहारी विवादका १ वटा, आमाछोरा पालनपोषणको १ वटा र गालीगलौजको एउटा उजुरी मेलमिलापमार्फत सहमतिमा टुंगिएका छन् ।

सीमा विवादका ५ वटा, अंशसम्बन्धी ४ वटा, पतिपत्नी सम्बन्ध बिच्छेदसम्बन्धी ४ वटा, लेनदेनका ३ वटा, घरबहाल भाडाका २ वटा, पतिपत्नी बीचका २ वटा, ससुराबुहारी विवाद एउटा, घर प्लास्टर गर्न पाउनेबारे १ वटा गरी २१ वटा विवादमा सहमति गराउने काम जारी रहेको न्यायिक समितिले जनाएको छ । गत आर्थिक वर्षमा समितिको २६ वटा इजलासले मुद्दा तथा विवादको छिनोफानो लगाएको थियो ।

चालू आवको हालसम्मको अवधिमा १४ वटा उजुरी दर्ता भएको र तिनलाई मेलमिलाप केन्द्रमार्फत समाधान गराउने तयारी भइरहेको छ । चालू आर्थिक वर्षको हालसम्म आइपुग्दा उपमहानगरपालिकाको न्यायिक समितिमा १४ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै साँध र जग्गासँग सम्बन्धी विवाद रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x