कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यही फागुन १ गतेदेखि पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान संचालन गर्ने भएको छ ।
बुधवारदेखि राजधानीमा शुरू भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको प्रतिवेदनमा तत्कालीन माओवादीले मनाउने जनयुद्ध दिवसकै दिनदेखि अभियान शुरू गर्ने प्रस्ताव गरिएको हो ।
प्रतिवेदनमा फागुन १ गतेदेखि १५ गतेसम्म प्रदेश, जिल्ला र स्थानीय कमिटीहरूले आ-आफ्ना बैठक बसी अभियानको कार्ययोजना बनाउने र फागुन मसान्तसम्म विभिन्न तहका कार्यकर्ता भेला गरी अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने उल्लेख छ ।
अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा आगामी चैत्र र वैशाख महिनामा केन्द्रीय संगठन विभागको योजना र निर्देशन अनुरुप संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने र नयाँ पार्टी सदस्यता वितरण गर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अभियानका क्रममा अन्य दलका नेता तथा कार्यकर्ताहरूलाई नेकपा प्रवेश गराइने बताइएको छ भने अन्य राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूबीचमा समृद्धिको कार्यसूचीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने उल्लेख छ ।
अभियानकै क्रममा जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम र राष्ट्रको समृद्धिका लागि अनुकूल हुने आयोजनाहरूको पहिचान गरिनेछ । 'स्थानीय स्तरमा देखिएको अन्तरविरोधको समाधान पनि अभियानले गर्नेछ,' प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अभियानका क्रममा पार्टी एकताका दस्तावेज, अन्तरपार्टी निर्देशन र विशेष परिपत्रका साथै संघीय, प्रदेश र स्थानीय निकायका सरकारले गरेका महत्त्वपूर्ण कामहरू पनि जनतासमक्ष लिएर जान प्रस्ताव गरिएको छ ।
अध्यक्षद्वयको प्रतिवेदनमा अभियानले पार्टी एकताको सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरिएको छ भने पार्टीका नेता, कार्यकर्ता, सदस्य र जनसमुदायका बीचमा भावनात्मक एकताको बलियो आधार तयार हुनेछ ।
अभियानले पार्टी सरकार र नेतृत्वका विरुद्धमा फैलाइएका भ्रमपूर्ण प्रचार परास्त हुने विश्वास अध्यक्षद्वयले गरेका छन् । 'पार्टी नेतृत्वप्रतिको विश्वास र भरोसा बढ्नेछ, कार्यकर्ताको मनोबल उच्च हुनेछ,' प्रतिवेदनमा उल्लेख गरिएको छ, 'पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनताका बीचमा पुग्नेछन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाप्रतिको विश्वास र भरोसा बढ्नेछ ।'
अध्यक्षद्वयले प्रतिवेदनमा अभियानका क्रममा पार्टी प्रवेशको लहर शुरू हुने बताएका छन् । 'पार्टी प्रवेशको लहर शुरू हुनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ध्रुवीकरण प्रक्रिया तीव्र हुनेछ,' प्रतिवेदनमा भनिएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...