×

NMB BANK
NIC ASIA

मन्त्री रायको 'ह्याण्डसम' मोह, ६० वर्षको उमेरमा गराए कपाल प्रत्यारोपण

माघ १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुन्दर देखिने रहर कसलाई हुँदैन ? जो कोही पनि आफ्नो लूक सुन्दर होस् भन्ने चाहना राख्ने गर्छन् । त्यसमा पनि टाउकोको सबै कपाल खुइलिएपछि त झन् कतिपयको अनुहार नै कुरूप जस्तो देखिने गर्छ । त्यस्तोमा आफ्नो कपाल नझरेको भए कति आनन्द हुन्थ्यो भन्ने चाहना हुनु स्वाभाविकै हो । 

Sagarmatha Cement
Muktinath Bank

त्यस्तै चाहना प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री राम नरेश रायको पनि हुनु स्वाभाविकै हो । त्यसैले ६० वर्षको उमेरमा पनि उनलाई तरुण जस्तै देखिने चाहना छ । त्यही सुन्दर देखिनका लागि उनले आफ्नो गेट अप (लूक) परिवर्तन गरेका छन् । कपाल झरेर टाउको खुइलिएर नराम्रो देखिएपछि उनले हेयर प्लान्ट (कपाल प्रत्यारोपण) गराएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘टाउकोको कपाल खुइलिएर नराम्रो भद्दा देखिन्थ्यो,’ मन्त्री रायले लोकान्तरसँग भने, ‘सुन्दर देखिनका लागि हेयर ट्रान्सप्लान्ट गराएको हो ।’ उनले थपे, 'कोही मानिस सधैं दाह्री किन काट्छन् ? राम्रो राम्रो लुगा किन लगाउँछन् ? सुन्दर देखिनकै लागि । हो, मैले पनि सुन्दर देखिन आफूलाई युवाजस्तै अनुभूति गर्नका लागि हेयर ट्रान्सप्लान्ट गराएको हुँ ।'


Advertisment
Nabil box
Kumari

काठमाडौंमा लामो समय बस्दा आफ्नो कपाल झरेको उनले बताए । त्यसपछि उनले सल्लाह लिए । अनि गराए- हेयर ट्रान्सप्लान्ट । ‘हेयर ट्रान्सप्लान्ट गराउनका लागि इस्टिमेट गराउँदा कुल ४५ हजार कपाल लाग्ने तथा अलि जोखिम समेत हुने भनेर चिकित्सकले बताए,’ मन्त्री रायले भने, ‘त्यसपछि हेयर ट्रान्सप्लान्ट गर्नुभन्दा पनि कपाल नै सेट गरेर फेस ओभर गरिदिने उपाय चिकित्सकले सुझाए ।’ त्यसपछि रेडिमेड कपालको फेस ओभर नै गराएको उनले बताए । खर्च कति भयो भन्ने विषयमा उनले खुलाएनन् । उनको भनाइ मान्ने हो भने हल्ला गरेको जति महंगो भने छैन । सोचेभन्दा सस्तोमै कपाल प्रत्यारोपण गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

मन्त्री भएकै बेला १ वर्ष अगाडि उनको हृदयघात भएको थियो । समयमै उनको काठमाडौंमा उपचार भएपछि उनी खतराबाट बाहिर आए । हृदयघात भएकै कारण उनी मन्त्रालयमा कहिल्यै पनि जाने गर्थेनन् । मधेस भवनस्थित सरकारी निवासबाटै उनले मन्त्रालय चलाउने गरेका थिए । मन्त्रालयको प्रशासनिक कामका लागि सचिवदेखि कर्मचारी होस् वा सेवाग्राही सबैलाई उनको निवासमा नै जानु पर्थ्यो । 'हृदयघात भएपछि उचाईमा नजान तथा भर्‍याङ नचढ्न भनेर चिकित्सकले सुझाव दिएको थियो,’ मन्त्री रायले भने, ‘त्यसमा पनि मेरो मन्त्रालय चौथो तल्लामा सबैभन्दा माथि छ ।’ त्यसैकारण निवासबाटै मन्त्रालय चलाउने गरेको थिएँ ।' तर अहिले स्वास्थ्य अवस्था ठीक भएका कारण उनी प्रायःजसो समय मन्त्रालयमै भेटिन्छन् ।

को हुन् राय?

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् राम नरेश राय । भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट नै उनले एसएलसी तथा आईए उत्तीर्ण गरे । उनका अनुसार २०३६ सालमा जनमत संग्रह हुँदादेखि नै उनी राजनीतिमा सक्रिय थिए । २०३९ सालमा तत्कालीन पञ्चायती व्यवस्थाका शासकहरूले गठन गर्ने गरेको युवक संगठनमा उनी पर्सा गाउँमा निर्वाचित भएका थिए ।

२०४४ सालमा स्थानीय निकायमा भएको निर्वाचनमा उनी प्रधानपञ्चमा निर्बाचित भएका थिए । प्रधानपञ्च रहेकै बेला २०४६ सालको जनआन्दोलनको तयारी हुँदा उनलाई तत्कालीन नेपाल सदभावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहले आफ्नो पार्टीको सदस्यता दिएका थिए । सिंहले उनलाई उक्त पार्टीको गाउँ इकाई कमिटीको अध्यक्ष समेत बनाए । २०४८ सालमा उनलाई उक्त पार्टीको सर्लाही जिल्ला सदस्य समेत बनाइयो । २०४९ सालमा नेपाल सदभावना पार्टीको तर्फबाट उनी फेरी पनि स्थानीय निकायको निर्वाचनमा प्रधानपञ्चमा निर्वाचित भए । २ वर्षपछि उनलाई गजेन्द्रले पार्टीको जिल्ला उपाध्यक्षमा समेत बढुवा गरे ।

२०५४ सालको स्थानीय निकायको चुनावमा फेरी पनि उनी नेपाल सदभावना पार्टीबाट गाविस अध्यक्षमा निर्बाचित भए । यसरी आफ्नै गाउँमा उनले लगातार तीन पटक गाविस अध्यक्षमा निर्वाचित हुन सफल भए । त्यसैकारण उनलाई २०५५ सालमा गजेन्द्र बाबुले पार्टीको जिल्ला अध्यक्ष बनाउनुका साथै केन्द्रीय सदस्यमा समेत मनोनित गरे । उनका हजुरबुवा चनर्पीत राय १ पटक र बुवा शिबनन्दन राय पनि दुई पटक गाउँमा पहिले पनि प्रधानपञ्च बनेका थिए । राजनीतिक रूपमा पुर्ख्यौली विरासतलाई उनले आफ्नो गाउँबाट निरन्तरता दिने काम गरेका थिए ।

२०५९ सालमा गजेन्द्रको निधनपछि उनकी श्रीमती आनन्दीदेवी सिंहले पार्टी सञ्चालन गरेकी थिइन् । पार्टी विभाजन हुँदा नेपाल सदभावना पार्टी आनन्दी देवीको उनी प्रवक्ता बनेर पार्टीमा काम गरेका थिए । आनन्दी देवीको समेत निधन पश्चात राजेन्द्र महतोले आफ्नै नेतृत्वमा अलग्गै पार्टी सदभावना पार्टी दर्ता गरेर चलाए । राय पनि महतोसँगै पार्टीमा लागे । उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा महतोले आफ्नो पार्टीको तर्फबाट रायलाई समानुपातिक कोटाबाट सभासद् बनाएका थिए । तर महतोसँग समेत उनको खटपट भएपछि २०६७ सालमा उनले पार्टी विभाजन गरेर राष्ट्रिय सद्भावना पार्टी गठन गरेका थिए । ‘मैले आफ्नै नेतृत्वमा पार्टी गठन गरेर मधेसको २६ वटा जिल्लामा संगठनसमेत निर्माण गरेको थिएँ,’ रायले भने, ‘तर महेन्द्र राय यादवज्यूले पार्टी एकताका लागि पहल गरेपछि पार्टी एकता गरेको थिएँ ।’ २०६९ सालमा महेन्द्र राय यादवले सञ्चालन गरेको गरेको तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र रायको राष्ट्रिय सदभावना पार्टीलाई मिलाएर एउटा नयाँ पार्टी तराई मधेश सदभावना पार्टी गठन गरिएको थियो । त्यस पार्टीको नेतृत्व महेन्द्र राय यादवले गरे भने रायलाई वरिष्ठ नेताको भूमिका दिइयो ।

पछि ६ वटा मधेस केन्द्रित पार्टीहरू मिलेर राजपा बन्दा उनको भूमिका वरिष्ठ नेताको रह्यो । प्रदेशसभाको चुनाव हुँदा राजपाले रायलाई समानुपातिक कोटाबाट प्रदेश सांसद बनायो । मन्त्री पदको भागबण्डा हुँदा महेन्द्र राय यादवको भागबाट उनी मन्त्री बन्न सफल भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x