×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश सरकारले कर्णालीका पत्रकारको हित गर्न, समावेशी विज्ञापन प्रणाली अपनाउन भन्दै आर्थिक वर्ष २०७५-०७६ मा नै आमसञ्चार प्रतिष्ठान गठन गर्ने भन्दै कार्यत्रम ल्याएको थियो।

Sagarmatha Cement
Muktinath Bank

सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ल्याएको उक्त प्रस्ताव दुई आर्थिक वर्ष वित्नै लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन। 
मन्त्रिपरिषद्ले प्रतिष्ठान गठन आदेश जारी गरेको ६ महिना भन्दा बढी भइसक्दा पनि उत्त निर्णय अलमलमा परेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो एक उदाहरण मात्रै हो। प्रदेश सरकारले तामझामका साथ ०७१ मा आएको बाढीबाट पीडितलाई १ वर्षमा नै पुनस्र्थापना गर्ने योजना अनुसार गत आर्थिक वर्षमा ६ सय १२ जनालाई डेढ लाखको दरले बजेट वितरण गरेको थियो। चालु आर्थिक वर्षमा पुनस्र्थापना गर्ने भन्दै सरकारले ५ करोड ९० लाख रुपैयाँ विनियोजन गरेपनि अहिले आर्थिक मामिला तथा योजना मन्त्रालयले उक्त बजेट रोक्का गरेको छ। 


Advertisment
Nabil box
Kumari

सरकारले लामो रस्साकसी बीच एक साता अघि बसेको मन्त्रिपरिषदको बैठकले पर्यटन बोर्ड भने गठन गर्न सफल भएको छ। सरकारले खेलकुद बोर्ड गठन गर्न सकेको छैन। आमसञ्चार प्रतिष्ठान गठन गर्ने बाटो उहिल्यै खोलिए पनि हालसम्म मन्त्रालयले गठन गर्न सकेको छैन।

Vianet communication
Laxmi Bank

‘सरकारले पत्रकारका लागि एक नयाँ आशा लिएर आएको थियो। देशमै पहिलोपटक प्रतिष्ठान गठन गर्ने र त्यसले कर्णालीको पत्रकारिता क्षेत्रलाई समृद्ध बनाउने हाम्रो अपेक्षा थियो,’ नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले भने, ‘अहिले एक हदसम्म पत्रकार जगत अन्यौँलमा परेको छ। उतिबेला सरकारलाई पत्रकारले धन्यवाद दिएका थिए। प्रतिष्ठान गठन गर्न ढिलाई गर्नु हुँदैन।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले तत्काल प्रतिष्ठान गठन गर्नुपर्ने बताए। ‘कर्णालीको आमसञ्चारलाई आत्मनिर्भर बनाउन र व्यवसायिक बनाउन प्रतिष्ठान गठन गर्न आवश्यक छ।

सरकारले ल्याएको उक्त नीतिले पत्रकारमाझ लोकप्रियता कमाएतापनि हाललाई यो विषय ओझेल पर्न थालेको महसुस भएको छ,’ उनले भने, ‘यो मिडियाको विकासका लागि आवश्यक हो । प्रदेश सरकारले छिटो भन्दा छिटो गठन गर्नुपर्छ। अहिले नियमावली कार्यविधि तयार भइसकेको अवस्था भएका कारण सरकारले तत्काल प्रतिष्ठानलाई मुर्त रुप दिन जरुरी छ। भागवण्डामा प्रतिष्ठान गठनको कार्य रोकिनु हुँदैन। तालिम, गोष्ठीका, अधिकार हक हितका लागि यो अत्यन्त आवश्यक छ ।’ 

यो सँगै सरकारका दुई मन्त्रालयबीच समन्वय अभाव देखिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले साढे चार करोड बराबरको प्रहरीका निर्माणधीन भवनहरुका लागि विनियोजित बजेट अर्थ मन्त्रालयले खर्च गर्न स्वीकृति दिएको छैन।

आम सञ्चार प्रतिष्ठान गठन गर्न विनियोजित ५० लाख रुपैयाँ पनि मन्त्रालयले रोक्का गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले जानकारी दिए। तर उनले पहिले गठन आदेशबाट आमसञ्चार प्रतिष्ठान गठन गर्ने भनिएपनि हाल ऐन नै निर्माण गरेर जाने निर्ण भएको बताए। उनका अनुसार आगामी हिंउदे अधिवेशनमा उक्त विधेयक सदनमा लैजानेछ। 

यसबारेमा आर्थिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता दिलीप केसीसँग बुझ्न खोज्दा फोन उठेन।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x