×

NMB BANK
NIC ASIA

१३औं सागमा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीहरू सम्मानित

माघ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आबद्ध खेलाडीहरूलाई नगद पुरस्कारद्वारा सम्मान गरेका छन् । उनले कोरियन तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर क्वान योङ दाल, कराँते प्रशिक्षक राजेश श्रेष्ठ र जुडो प्रशिक्षक प्रहरी नायब निरीक्षक देवु थापालाई समेत दोसल्ला ओढाएर सम्मान गरे ।   

Muktinath Bank

नेपाल प्रहरी खेलकुद समितिद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतवार आयोजित कार्यक्रमबीच उनले खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीमा आबद्ध खेलाडीहरूले राष्ट्रको इज्जत बढाउने कार्य गरेको भन्दै बधाई दिए । राष्ट्र र राष्ट्रिय एकताको सन्दर्भमा नेपाल प्रहरीका खेलाडीहरूले आफ्नो व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएको इतिहास रहेको उल्लेख गर्दै खेलाडीहरूको योगदानको उच्च कदर गरेर सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

नेपाल प्रहरीले सुरक्षाको दृष्टिकोणले समेत १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सफल पारेको  चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले पदक जित्ने लक्षित उद्देश्य समेत नेपालले हासिल गर्न सकेको सन्दर्भमा यो राष्ट्रकै लागि गौरवको क्षण भएको उल्लेख गरे । 

Vianet communication
Laxmi Bank

गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाल प्रहरीमा आबद्ध खेलाडीहरूले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका थिए । 

प्रतियोगितामा नेपाल प्रहरी आबद्ध खेलाडीहरुमध्ये सिंगल खेलतर्फ स्वर्ण पदक विजेतालाई नेपाल प्रहरीले १ लाख २५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ६० हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३० हजार रुपैयाँ तथा सामूहिक खेलतर्फ स्वर्ण पदक विजेतालाई ७५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ४० हजार रुपैयाँ र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरेको हो । उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आबद्ध ९२ जना खेलाडीहरू विभिन्न खेलमा सहभागी भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x