कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
डोटीमा कुष्ठरोगीको संख्या महिनैपिच्छे बढिरहेको छ । गएको ७ महिनामा ४ जना नयाँ कुष्ठरोगीको संख्या थपिएको छ ।
जिल्लामा ७ जना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
रोगीको संख्या शून्यमा झार्न अभियान सञ्चालन गरिएपनि असफल बनेको छ ।
गत आर्थिक वर्षको अन्तिम असारसम्म जिल्लामा ३ जना कुष्ठरोगी रहेकामा चालू आवको पुस मसान्तसम्ममा थप ४ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । तथ्यांक अनुसार केआईसिंह गाउँपालिकामा १, शिखर नगरपालिकामा २, पूर्वीचौकी गाउँपालिकामा १, दिपायल–सिलगढी नगरपालिकामा २ र बडीकेदार गाउँपालिकामा १ जना कुष्ठरोगका बिरामी फेला परेका हुन् ।
स्वास्थ्य कार्यालयको रेकर्डमा आउन बाँकी रहेका २ जना फेरि नयाँ कुष्ठरोगी फेला परेको क्षय कुष्ठरोग सम्बन्धी फोकल पर्सन उद्धवसिंह ठगुन्नाले बताए । उनले भने, ‘हाम्रो रेकर्डमा आउन बाँकी रहेका २ जना कुष्ठरोगीका बारेमा जानकारी आएको छ, सबै अध्ययन गरेर हामी रेकर्डमा राख्नेछौं ।’
जिल्लामा कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालू आवमा जिल्लाका ९ वटै स्थानीय तहमा कुष्ठरोगका बिरामी पहिचानका लागि स्क्रिनिङ क्याम्प गर्ने योजना रहेको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख तथा जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए ।
नेपाल सरकारले कुष्ठरोग मुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम गर्ने लक्ष्य राखेको भएपनि डोटीमा कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि लक्ष्य चुनौतीका रुपमा लिइन थालिएको छ । कुष्ठरोगका बिरामीलाई जिल्लामा देवीदेउता, पिचास लागेको भन्ने समाजमा रहेको अन्धविश्वास र विभेदको अन्त्य गरी ससम्मान स्वास्थ्योपर गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए ।
‘कुष्ठरोगका बिरामीलाई देवीदेउता लागेको भन्दै गाउँबाट अलगै राख्ने र कसैले पनि छुनु नहुने भन्ने अन्धविश्वासले यो रोग निवारण गर्न समस्या भएको छ । कुष्ठरोगीलाई ससम्मान उपचार गर्नमा सबैले सहयोग गर्न जरुरी छ,’ उनले भने । समाजमा कुष्ठरोगीप्रति हुने गरेका विभेद नहटाउन्जेलसम्म यो समस्या विद्यमान रहने र कुष्ठरोग निर्मूल पार्न नसकिने दिपायल–सिलगढी नगरपालिका–३ का स्थानीय तथा समाजसेवी घनश्याम पाठकले बताए ।
उनले भने, ‘कुष्ठरोग निर्मूल पार्ने हो भने रूढीवादी सोच चिन्तन हटाउनु जरुरी छ, कुष्ठरोगीलाई अलग्गै राख्ने होइन उपचार गर्नमा सहयोग गर्न जरुरी छ ।’ कुष्ठरोगलाई अन्त गर्नका लागि जिल्लाका स्थानीय तह र त्यहाँका वडाध्यक्षदेखि वडा सदस्यको मुख्य भूमिका रहने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासंघका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘जिल्लाको कुष्ठरोगको अन्त गर्न स्थानीय सरकार तात्नुपर्ने अवस्था आएको छ ।’
सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा कुष्ठरोगका बिरामीको संख्या कमी भएपनि पहाडी जिल्लामा खासै कुष्ठरोगी पत्ता लाग्न नसकेका कारण कुष्ठरोग निवारण अभियान सञ्चालन गर्न आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताए ।
‘गाउँमा भएका कुष्ठरोगीको संख्या पत्ता लगाउने हो र कुष्ठरोग निवारण गर्ने हो भने गाउँपालिकामा छाला रोगसम्बन्धी शिविर सञ्चालन गर्न आवश्यक छ,’ उनले भने । सरुवा रोगका रुपमा रहेको कुष्ठरोग निवारणका लागि कुष्ठरोग सर्ने प्रक्रिया र जटिलता रोक्ने, भेदभाव रोक्ने र समावेशीमा प्रवद्र्धन गर्ने र सरकारी स्वामित्व, समन्वय र साझेदारीमा सुदृढीकरण गर्ने प्रकारको स्वास्थ्य कार्यालयले तीनखम्बे रणनीति बनाएको प्रमुख मलासीले जानकारी दिए ।
तराईका जिल्लाहरू कैलालीमा गत आवमा प्रति १० हजारमा १.९१ र कञ्चनपुरमा ०.८९ प्रतिशत कुष्ठरोगको प्रकोपदर थियो भने पहाडी जिल्लाअन्तर्गत दार्चुला ०.१४, डडेल्धुरा ०.३८, बाजुरा ०.३९, बझाङ ०.९, बैतडी ०.२३, अछाम १.८० तथा डोटी ०.२८ रहेको छ । चालू आवमा कार्यालयले सञ्चालन गरेका केही शिविर र प्रचारप्रसारका कारण नयाँ बिरामीको संख्या थपिँदै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको दाबी छ ।
यस वर्ष प्रकोपदर प्रति १ लाखमा ९.२८ रहेको बताइएको छ । कैलालीमा नयाँ बिरामीको प्रकोपदर प्रतिएक लाखमा १८.७८, कञ्चनपुर ७.७३ र अछाम १२.०१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका क्षय तथा कुष्ठरोग अधिकृत उद्धवसिंह ठगुन्नाले जानकारी दिए । कुष्ठरोग लाग्दा रातो, फुस्रो गिर्खा तथा दाग देखिने, छुँदा थाहा नपाउने, हातखुट्टा झमझम हुने, बाहिरी सतहका स्नायु सुनिने, अनुहार र कानका लोती बाक्लो हुने, छाला चम्किलो र बाक्लो हुने जस्ता लक्षण देखिन्छन् । कुष्ठरोगको उपचार आधारभूत सेवाअन्तर्गत पर्ने भएकाले स्वास्थ्य संस्थाहरूमा यसको औषधि निःशुल्क रुपमा पाइन्छ ।
माइक्रो ब्याक्टेरियमबाट सर्ने कुष्ठरोग निको पार्न रिफामपिसिन एमबी र पीबी नामक औषधि अवस्था हेरी ६ महिना र १ वर्षसम्म नियमित सेवन गर्नुपर्छ । गम्भीर खालका बिरामीलाई एमबी र सामान्य खालकालाई पीबी औषधि दिइने गरिएको छ । – विमलबहादुर विष्ट/रासस
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...