कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
माघ २०, २०७६
मोबाइलको मेमोरी कार्डका विषयमा नन्दसँग सामान्य विवाद हुँदा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानसहित परिवारका ४ सदस्य पक्राउ परेका छन् ।
धनुषाको औरही गाउँपालिका वडा नम्बर २ देउरी टोलका अनिलकुमार पासवानले परिवारका सदस्यहरूसँग मिलेर आफ्नी श्रीमती २२ वर्षीया चिन्तामणि पासवानको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक चिन्तामणिका ३० वर्षीय श्रीमान अनिल, ५५ वर्षीय ससुरा राधाकृष्ण, ४५ वर्षीया सासू कमला र २० वर्षीया नन्द पुनितालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।
यही माघ १८ गते दिनको १ बजेको समयमा घटेको उक्त घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।
‘मोबाइलको मेमोरी कार्डका विषयमा मृतक पासवानको नन्द पुनितासँग वादविवाद भई झै–झगडा हुँदा ती चारैजना प्रतिवादीहरूले कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ एसपी बस्नेतले भने, ‘थप कुरा मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ ।’
हत्यालाई आत्महत्या देखाउन प्रयास
प्रहरीका अनुसार उनीहरूले चिन्तामणिको मृत्युलाई आत्महत्या देखाउन प्रयास गरेका थिए ।
निजको मृत्यु भएपछि झुण्डिएर घाइते भएको अवस्थामा फेला परेको भनी गाउँमा हल्लाखल्ला गर्दै अटो रिक्सामा राखेर अस्पताल समेत पुर्याएको प्रहरीले जनाएको छ ।
‘जनकपुरस्थित प्रादेशिक अस्पतालमा रहेका प्रहरीलाई शंका लागेपछि अनुसन्धान गर्दै जाँदा हत्या भएको कुरा खुल्न आएको थियो,’ एसपी बस्नेतले भने, ‘अनि धनुषाको विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएका हौं ।’
पक्राउ परेकाहरूले प्रहरीसँगको प्रारम्भिक बयानमा हत्या स्वीकारेको प्रहरीले जनाएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...